सरकार विकास र समृद्धिकाे दिशामा निरन्तर अगाडि बढ्नेछ: प्रचण्ड

 कात्तिक १०, २०७६ आइतबार १२:४१:४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

भक्तपुर - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले वर्तमान सरकारलाई बदनाम गराउन खोज्ने तत्वहरुलाई चिर्दै सरकार विकास र समृद्धिमा निरन्तर अगाडि बढ्ने बताउनु भएको छ । 

आइतबार नेवाः मुक्ति मोर्चा नेपालले आयोजना गरेको मध्यपुरथिमिमा रहेकाे शंखधर साख्वाको शालिकमा माल्र्यापर्ण एवंं शुभकामना आदान प्रदान कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो । उहाँले भन्नुभयो, अहिले नेकपालाई र वर्तमान सरकारलाई बदनाम गराउने र विवाद उत्पन्न गराउने तत्वहरु सक्रिय भइरहेका छन्, त्यस्ता तत्वलाई चिर्दै पार्टी र सरकार निरन्तर देशको विकास र समृद्धिमा लागिरहने छ ।

उहाँले सरकार पटक पटक फेरिने प्रक्रियाको अब अन्त्य हुने चर्चा गर्दै देशमा राजनीतिक स्थायित्वका साथै विकास र समृद्धिमा अगाडि बढेको साथै सामाजिक न्याय स्थापना गर्ने अभियानमा सरकार सक्रिय रहेको चर्चा गर्दै सामाजिक रुपान्तरण हुने प्रक्रिया अगाडि बढिरहेको भनाइ राख्नुभयो ।

अध्यक्ष प्रचण्डले नेपाल सम्वतलाई नेवारहरुको मात्र सम्वत हो भन्ने सन्देश दिएर अगाडि जान नहुनेमा सचेत गराउँदै यसलाई साझा सम्वतका रुपमा लैजानु पर्ने औँल्याउनुभयो । 

आफू प्रधानमन्त्री हुँदा नेपाल सम्वतलाई राष्ट्रिय सम्वतको रुपमा घोषणा गरेको तर व्यवहारमा अझै प्रभावकारी नभएको भन्दै अध्यक्ष प्रचण्डले शंखधर साख्वाबाट प्रेरित भएर आफू प्रधानमन्त्री हुँदा किसानहरुको ३० हजार रुपैयाँको ऋण मिनाहा गरिदिएको बताउनुभयो ।

कार्यक्रममा नेवाः मुक्ति मोर्चा नेपाका अध्यक्ष दिलिप प्रजापतिको सभापतित्वमा सम्पन्न भएको थियो । 

अन्तिम अपडेट: माघ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया