भक्तपुर क्षेत्र नम्बर १ ‘क’ मा साझाको उम्मेदवार २८ वर्षीय सुरज प्रधान

 कात्तिक १४, २०७६ बिहीबार १४:४०:० | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर - साझा पार्टीले भक्तपुर क्षेत्र नम्बर १ ‘क’ बाट सुरज प्रधानलाई उम्मेदवार बनाउने भएको छ ।

आउँदो मसिंर १४ गते हुने उपचुनावका लागि भक्तपुर जिल्ला संयोजकको रुपमा सक्रिय रहेका २८ वर्षीय सुरज प्रधानलाई साझाले भक्तपुर क्षेत्र नम्बर १ ‘क’ बाट प्रदेशसभा उम्मेदवार बनाउने निर्णय गरेको हो ।

पार्टीको केन्द्रीय कार्यालय, बखुण्डोलमा बिहीबार पत्रकार सम्मेलनमार्फत साझाले प्रधानलाई उम्मेदवार बनाउने घोषणा गरेको हो । लामो समयदेखि समाजसेवा र वातावरण अभियानकर्ताको रुपमा क्रियाशील प्रधान इँटा उत्पादनको व्यवसाय गर्नुहुन्छ ।

पद्धति, पारदर्शिता, इमान्दारी र उत्कृष्टताको चार खम्बामा अडिग रहेर राजनीतिक जिम्मेवारी वहन गर्ने प्रधानले बताउनुभयो । निर्वाचित भएको खण्डमा पुरै तलब आफ्नो निर्वाचन क्षेत्रभित्र कल्याणकारी गतिविधिमा खर्च गर्ने पनि प्रधानले बताउनु भएको छ ।

तत्कालीन नेकपा एमालेबाट निर्वाचित प्रदेशसभा सांसद हरिशरण लामिछानेको निधनपछि भक्तपुर क्षेत्र नम्बर १ ‘क’ मा  उपचुनाव हुन लागेको हो । २०७५ साल वैशाख ३१ गते मष्तिस्कघातका कारण लामिछानेको निधन भएको थियो । 

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया