बाँकेको राप्ती नदीबाट जलमा आश्रित चरा गणना शुरु
माघ ६, २०८१ आइतबार
काठमाण्डौ - जबरजस्ती करणी उद्योगको मुद्दामा पक्राउ परेका पूर्व सभामुख कृष्णबहादुर महराको शुक्रबार जिल्ला अदालत काठमाण्डौमा बयान सकिएको छ ।
गएको असाेज १९ गते पक्राउ परेका महरालाई बिहीबार बयानका लागि अदालत लगिएको थियो । जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको बन्द इजलासमा महराको अदालती बयान गराइएको अदालतका फैसला कार्यान्वयन अधिकृत सञ्जीव पोखरेलले जानकारी दिनुभयो ।
बिहीबार ढिला गरी महराविरुद्ध अभियोग दर्ता भएकाले बिहीबार बयान लिन नसकिएको र शुक्रबार बयान लिइएको हो । महराविरुद्ध सरकारी वकिल कार्यालयले बिहीबार बलात्कार प्रयासमा ५ वर्ष र विशिष्ट व्यक्ति भएकाले थप दुई वर्ष गरी सात वर्ष कैद सजाय माग गर्दै मुद्दा दायर गरेको थियो ।
महराको बयान सकिएको र अब थुनछेक बहसका लागि आइतबार अदालतमा उपस्थित गराउने अनुमति दिइएको पनि पोखरेलले जानकारी दिनुभयो ।
थुनछेक बहस सकिएपछि महरा छुटने, धरौटीमा रिहा हुने वा पूर्पक्षका लागि कारगार चलान गर्ने अदालतले फैसला गर्नेछ । अदालतको फैसला कार्यान्वयन अधिकारी पोखरेलले बहस नसकिएकाले महराबारे थप अरु केही भन्न नमिल्ने पनि बताउनुभयो ।
संसद सचिवालयमा कार्यरत महिला कर्मचारी राेशनी शाहीले आफूलाई महराले जबरजस्ती करणी गरेकाे भन्दै दिएकाे उजुरीका आधारमा प्रहरीले गएकाे असाेज १९ गते महरालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएकाे थियाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।