बगेर खेर गइरहेछ भोटको नुन
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डाै - प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले छठ सबै नेपालीको साझा पर्व भएकाे बताउनुभएको छ ।
हेटौँडाको राप्ती बगरमा आयोजना गरिएको छठ पूजाको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले अब छठ पर्व मधेशको मात्र पर्व नभएर समस्त नेपालीको साझा पर्व भएको भन्दै यस पर्वले हिमाल तराई पहाड एउटै भएकोे सन्देश दिएको समेत बताउनु भयो ।
पौडेलले जाति, धर्म तथा कुनै संप्रदाय विषेश नभइ सिंंगो नेपालीको साझ चाड भनेर मनाउन सकेमा मात्रै सरकारले गरेका समृद्धिका कुराहरु अक्षरश: पालना भएको ठहर हुने जिकिर गर्नुभयो । ‘नेपाली जनताको समृद्धिको सपनालाई पूरा गर्न यस पर्वले सबैमा प्रेरणा देओस्,यहि शुभकामना छ,’ उहाँले थप्नुभयाे ।
अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर हेटौंडाको रापतीखोलामा भव्य रुपमा छट पर्व मनाइएको थियो । चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन व्रतालुहरु नुहाएर अरबा अरबाइन भोजन गर्ने गर्दछन् भने दोश्रो दिन साँझ प्रसादको रुपमा चामल, सक्खर र दूध मिलाएर बनाएको खीर ग्रहण ग्रहण गरी खरना गर्दछन् ।
त्यस्तै तेश्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गरिन्छ भने भने चौथो दिन बिहान उँदाउँदो सूर्यको अर्घ्य दिएपछि छठपर्वको विधिवत समापन हुन्छ ।
छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हात्तीलगायतका सामग्रीहरु चढाइन्छ । त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, बेसार, अदुवा एवं विविध प्रकारको मिठाई तथा फलफूल सूर्य देवता अर्थात दिनानाथलाई चढाउने गरिन्छ ।
अर्घ्य दिने व्रतालु ४८ घण्टासम्म पानी पनि नखाइ उपवास बस्ने गर्दछन् । छठ पर्वमा सूर्य भगवान अर्थात दिनानाथलाई अर्घ्य दिन तयार गरिने परिकारहरु अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा मानिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ ।