बाँकेको राप्ती नदीबाट जलमा आश्रित चरा गणना शुरु
माघ ६, २०८१ आइतबार
काठमाण्डौ - सातै वटा प्रदेशका प्रदेश प्रमुख हटाउने सरकारको निर्णयप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार एकलौटी ढंगमा चल्न खोजेको यो घटनाले देखाएको बताउनुभयो ।
प्रदेश प्रमुखजस्तो गरिमामय पदलाई सरकारले मनपरी ढंगले हटाएर सर्वसत्तावाद लाद्ने षड्यन्त्र गरिएको उहाँले बताउनुभयो । सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै पौडेलले सरकारको यो निर्णयको काग्रोसले विरोध गर्ने पनि बताउनुभयो ।
मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले सातै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपतिकहाँ सिफारिस गरेको थियो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा १६५ को उपधारा १ (ख) बमोजिम प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्नुभएको हो ।
प्रदेश १ प्रमुख प्रा. डा गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश २ प्रमुख रत्नेश्वरलाल कायस्थ, प्रदेश ३ प्रमुख अनुराधा कोइराला, गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवर, प्रदेश ५ प्रमुख उमाकान्त झा, कर्णाली प्रदेश प्रमुख दुर्गाकेशर खनाल र सुदूरपश्चिम प्रदेश प्रमुख मोहनराज मल्ल पदमुक्त हुनुभएको हो ।
तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले गएको २०७४ साल माघ ३ गते सातै प्रदेशका प्रदेश प्रमुखहरु नियुक्त गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
bikanj
Nov. 3, 2019, 7:01 p.m.कठै काङ्ग्रेस , काङ्ग्रेसको बपाैति लुटिएको , गुहार गुु-- हार, गु--- ।