गाजामा युद्धविरामको पहिलो चरण लागू : कैदीबन्दीको रिहाइदेखि ...
माघ ६, २०८१ आइतबार
काठमाण्डौ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल प्रदेश प्रमुखहरुलाई हटाउने सरकारको निर्णयलाई स्वभाविक रुपमा लिनुपर्ने बताउनु भएको छ ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलगायतका दलहरुले प्रदेश प्रमुखहरुलाई एकैसाथ हटाउने निर्णयप्रति आपत्ति जनाइरहेका बेला महासचिव पौडेलले भने सरकारको त्यो निर्णयलाई स्वभाविकै रुपमा लिनुपर्ने प्रतिक्रिया दिनु भएको हो । उहाँले संवैधानिक प्रक्रियाअनुसार नै प्रदेश प्रमुखहरुको पदमुक्ति र नयाँ नियुक्तिको प्रक्रिया सुरु गर्दा अन्य दलहरुसँगको सहकार्यको बाटो बन्द हुन्छ भन्ने आफूलाई नलागेको पनि बताउनुभयो ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले भन्नुभयो, ‘संवैधानिक व्यवस्थाअनुरुप नै प्रदेश प्रमुखहरु पदमुक्त भएका छन् र सरकारले मनोनयनको प्रक्रिया पनि अघि बढाएको छ, सरकारले संवैधानिक प्रक्रिया अनुसार त्यो काम गर्दाखेरी अन्य दलहरुको सरकारसँगको सहकार्यको बाटो बन्द हुन्छ भन्ने मलाई लाग्दैन ।’ महासचिव पौडेलले लोकतन्त्रमा सरकारको विरोध गर्न पाइने भएकाले त्यसको आफूले सम्मान गर्ने पनि बताउनुभयो ।
महासचिव पौडेलले प्रदेश प्रमुख सरकारको प्रतिनिधिको रुपमा रहने भएकाले अघिल्लो सरकारले नियुक्ति गरेका प्रमुखहरुलाई हटाउने काम स्वभाविकै भएको तर्क पनि पटक–पटक गर्नुभयो । सरकारले आफ्नो स्पिरिटमा काम गर्ने गरी प्रदेश प्रमुखहरुको चयन प्रक्रिया अघि बढाएको महासचिव पौडेलको भनाइ छ । शेरबहादुर देउवा नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गरेका प्रदेश प्रमुखहरुलाई गएको आइतबार पदमुक्त गरिएको थियो ।
आइतबार नेकपाको सचिवालय बैठकले रिक्त रहेको प्रदेश प्रमुखको पदमा मनोनयन गर्न नेपाल सरकारसँग सिफारिस गर्ने निर्णय गरेको पार्टीका महासचिव विष्णु पौडेलले बताउनुभयो ।
पार्टीले अमिक शेरचन(चितवन), सोमनाथ अधिकारी प्यासी(कास्की), तिलक परियार(बाँके), धर्मनाथ यादव(सिरहा), गोविन्द कलोनी(डडेलधुरा), विष्णु प्रसाईँ(झापा) र शर्मिला त्रिपाठी(काठमाण्डौ) को नाम प्रदेश प्रमुख पदका लागि सिफारिस गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।