बाँकेको राप्ती नदीबाट जलमा आश्रित चरा गणना शुरु
माघ ६, २०८१ आइतबार
काठमाण्डौ - जबरजस्ती करणी उद्योगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरामाथिको मुद्दाको थुनछेक बहस सकिएको छ ।
जिल्ला अदालत काठमाण्डौमा महराका तर्फबाट साेमबार वरिष्ठ अधिवक्ताहरु रमनकुमार श्रेष्ठ, शेरबहादुर केसी, सविता भण्डारी बराल र कृष्णप्रसाद सापकोटाले बहस गर्नुभएको थियो । आइतबार महराकाे पक्षबाट अधिवक्ता भोजराज आचार्य र लभप्रसाद मैनालीले बहस गर्नु भएकाे थियाे । आइतबार बहस नसकिएपछि साेमबारलाई हेर्दाहेर्दैमा राखिएकाे थियाे ।
महराकाे पक्षबाट बहस सकिएपछि सरकारी वकिलले कानुनी प्रतिवाद गरेका थिए । न्यायाधीश सुर्दशनराज पाण्डेको बन्द इजलासमा बहस भएको हो । अदालतमा बहस भैरहँदा पीडित भनिएकी राेशनी शाहीले बन्द इजलासमा बाेल्ने अनुमति मागे पनि न्यायाधी पाण्डेले अनुमति दिनु भएन । महराले बलत्कार प्रयास गरेकाे भनेर प्रहरीमा जाहेरी दिए पनि उनले अदालतमा भने बयान फेरेकी छिन् । महरा आफ्नाे काेठामा नआएकाे उनले अदालतमा बयान दिएकी थिइन्।
बहस सकिएसँगै अहिले फैसला तयार गर्ने काम भइरहेको छ । अब महरालाई धरौटीमा रिहा गर्ने वा पुर्पक्षका लागि कारगार नै चलान गर्ने भन्नेबारेमा अदालतले फैसला गर्ने छ ।
महरामाथि संसद सचिवालयकी एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि गएकाे असाेज १९ गते प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका महरालाई सरकारी वकिलको कार्यालय, काठमाण्डौले गएको बिहीबार बलात्कार प्रयास गरेको अभियोगमा काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।