एन्फा महिला लिगमा आज त्रिभुवन आर्मी र वालिङ नगरपालिका खेल्दै
माघ ६, २०८१ आइतबार
काठमाण्डाै - सरकारकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सातवटै प्रदेश प्रमुखकाे नियुक्त गर्नु भएकाे छ । राष्ट्रपति भण्डारीले नेपालकाे संविधानकाे धारा १६३ काे उपधारा (२) बमाेजिम मन्त्रिपरिषदकाे सिफारिसमा विभिन्न व्यक्तिलाई प्रदेश प्रमुखमा नियुक्त गर्नु भएकाे हाे ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सातै प्रदेशका प्रमुखहरुको नाम राष्ट्रपतिकहाँ सिफारिस गरेको थियाे । राष्ट्रपतिले प्रदेश प्रमुख नियुक्त गरेसँगै मंगलबार पद तथा गाेपनीयताकाे सपथ गराइने तयारी छ । राष्ट्रपति कार्यालयमा मंगलबार बिहान ८ बजे सपथ ग्रहण कार्यक्रम तय भएकाे राष्ट्रपति कार्यालय स्राेतले जनाएकाे छ ।
मन्त्रिपरिषद्काे साेमबारकाे बैठकले सोमनाथ अधिकारी प्यासीलाई प्रदेश नम्वर १, प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा बिष्णु प्रसाईँ, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णाली प्रदेशमा गोविन्द कलौनी र सुदूर पश्चिम प्रदेशमा शर्मिला त्रिपाठीको नाम सिफारिस गरेको थियाे ।
याे पनि पढ्नुहाेस्
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।