पोखरामा दाइँ महोत्सव : पर्यटक र युवा पुस्तालाई परम्परागत कृषि...
माघ ६, २०८१ आइतबार
दाङ – ऊर्जा मन्त्री वर्षमान पुन अनन्तले नेपालमा उत्पादित विद्युत भारतीय बजारमा बेच्न भारत सरकारसँग सहमति भइसकेको बताउनुभएको छ । प्रेस संगठन नेपाल दाङले शुक्रबार बिहान घोराहीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले भारतीय बजारमा नेपालमा उत्पादित विद्युतको व्यापार गरिने बताउनुभयो ।
नेपालमा खपत भएर बचेको विद्युत भारत र बंगलादेशसम्म लगेर बेच्ने योजनामा सरकारले गृहकार्य गरेको र त्यसका लागि नेपाल, भारत र बंगलादेशबीच तीन महिनाभित्र त्रिपक्षीय बैठक बसेर प्रक्रिया अघि बढाउने उहाँले जानकारी दिनुभयो ।विदेशी लगानी नेपालको विद्युत उत्पादनमा ल्याउने गरी सरकारले ७ हजार मेघावाट विद्युत उत्पादनको लाइसेन्स दिएको र तीन वर्षमा तीन हजार, पाँच वर्षमा पाँच हजार र आगामी १० वर्षमा १५ हजार मेघावाट विद्युत उत्पादन गर्ने लक्ष्यकासाथ सरकारले काम गरिरहेको बताउनुभयो ।
बर्तमान सरकारले उर्जा उत्पादनको क्षेत्रमा क्रान्ति नै गरेको दाबी गर्दै ऊर्जा मन्त्री पुनले आगामी वर्ष १ हजार मेघावाट विद्युत केन्द्रीय विद्युत लाइनमा जडान गरिने बताउनुभयो । अर्को वर्षदेखि देशमा विद्युत खपत गरेर बचेको भारत र बंगलादेशसम्म बेच्न सक्षम हुने दाबी उहाँको छ । दाङसहितका जिल्लाहरुलाई पूर्ण विद्युतीकरणका जिल्ला बनाउने गरी अहिले काम भइरहेको दाबी उहाँको छ ।
माडीको पानी दाङमा
दाङको ५६ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ पू¥याउनका लागि सकारले माडी डाइभर्सनको योजना ल्याएको मन्त्री पुनले बताउनुभयो ।
माडी डाइभर्सनका लागि गएको वर्षदेखि काम अघि बढेको भन्दै उहाँले २६ किलोमिटर सुरुङ बनाएर माडीमा १५६ मेघावाट विद्युत पनि निकाल्ने र माडीको पानी दाङमा ल्याउने गरी अध्ययन भइरहेको जानकारी दिनुभयो । माडीको पानी दाङमा ल्याएपछि दाङमा सिँचाइसहित शहरीकणका गराउने काम भइरहेको उहाँको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।