पोखरामा दाइँ महोत्सव : पर्यटक र युवा पुस्तालाई परम्परागत कृषि...
माघ ६, २०८१ आइतबार
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले नेपालको कालापानी र लिपुलेक आफ्नो नयाँ राजनैतिक नक्सामा समेटेपछि अवस्थाबारे छलफल गर्न सर्वदलीय बैठक बोलाउनु भएको छ ।
प्रधानमन्त्री ओलीले शुक्रबार साँझ भारतले आफ्नो नक्सामा राखेको दार्चुलाको कालापानी र लिपुलेकबारे छलफल गर्नका लागि शनिबार ४ बजे सर्वदलीय बैठक आह्वान गरेको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।
‘सीमाका बारेमा आएका विषयको पछिल्लो परिस्थितिबारे छलफल गर्न प्रधानमन्त्रीले शनिबार दिउँसो ४ बजे सबै राजनीतिक दलका प्रमुखहरूलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाउनुभएको छ’, अधिकारीले भन्नुभयो, ‘पूर्व परराष्ट्र मन्त्रीहरू पनि बैठकमा सहभागी हुनुहुनेछ ।’
भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो नयाँ राजनैतिक नक्सामा समेटेपछि नेपालमा त्यसको विरोधमा चर्को प्रदर्शन भैरहेको छ । विभिन्न राजनीतिक दल, राजनीतिक दलका भातृ संगठन र सरकारले नै भारतीय कदमको विरोध गरेको छ ।
परराष्ट्र मन्त्रालयले विज्ञप्ति सार्वजनिक गर्दै भारतले एकपक्षीय रुपमा सार्वजनिक गरेको नक्सा नेपाललाई मान्य नहुने बताइसकेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।