पोखरामा दाइँ महोत्सव : पर्यटक र युवा पुस्तालाई परम्परागत कृषि...
माघ ६, २०८१ आइतबार
काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्का सदस्य हेरफेर गर्ने तयारी गर्नुभएको छ । केही दिनमा नै मन्त्रीहरु फेर्ने तयारी भइरहँदा प्रधानमन्त्री ओलीको सचिवालयका सबै सदस्यले राजीनामा दिने तयारी गरेका छन् ।
मन्त्रिपरिषद् पुनर्गठन गर्न सहज होस् भनेर सचिवालयबाट राजीनामा दिन लागिएको प्रधानमन्त्री ओलीका एक जना सचिवालय सदस्यले जानकारी दिए ।
मंसिरबाट लागू हुनेगरी सचिवालयका सबै सदस्यले राजीनामा दिन लागेका हुन् ।
प्रधानमन्त्री ओलीले मंसिरको पहिलो साताभित्रै मन्त्रिपरिषद् सदस्य हेरफेर गर्न लाग्नुभएकाले त्यसअघि बाट नै सुरु हुने गरी राजीनामा दिन थालिएको ती सदस्यको भनाइ छ ।
प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, स्वकीय सचिव इन्द्र भण्डारी, प्रेस सल्लाहकार कुन्दन अर्याल, सूचना प्रविधि सल्लाहकार अस्गर अलीसहित सबैले राजीनामा दिन लागेका हुन् ।
मन्त्रिपरिषद् हेरफेर हुँदा अहिले राजीनामा दिएका सदस्यहरु पनि पर्ने उत्तिकै सम्भावना रहेको बुझिएको छ ।
प्रधानमन्त्री ओलीकै निर्देशनमा सबै सल्लाहकारले राजीनामा गर्न लागेका हुन् । मन्त्रिपरिषद् सदस्य हेरफेर गर्दा मन्त्री बनाउने नभए काम परे फेरि बोलाउनेगरी अहिले राजीनामा दिन लागिएको सचिवालयका ती सदस्यको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।