पोखरामा दाइँ महोत्सव : पर्यटक र युवा पुस्तालाई परम्परागत कृषि...
माघ ६, २०८१ आइतबार
काठमाण्डाै - परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कूटनीतिक माध्यमबाट भारतसँग रहेका सबै सीमा समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
परराष्ट्रमन्त्री ज्ञवालीले भारतले हालै सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भूमि मिचिएको यथेष्ट प्रमाण सरकारसँग रहेको उल्लेख गर्दै त्यसैको आधारमा ती समस्या समाधान गर्न सरकार लागिपर्ने दृढता व्यक्त गर्नुभएको हो । उहाँले त्यसका लागि सरकारलाई राष्ट्रिय सहमति प्राप्त भएको पनि स्मरण गराउनु भयो ।
सत्तारुढ नेकपामा आवद्ध विद्यार्थी संगठन अनेरास्ववियूले आइतबार ती समस्या तत्काल समाधान गर्न दिएको ज्ञापन पत्र बुझ्दै उहाँले भारतले बलमिच्याईँ गरेर कालापानीलाई पनि आफ्नो सीमामा राखेर एक पक्षीय नक्सा जारी गरेको उल्लेख गर्दै स्वीकार्य नहुने पनि स्पष्ट पार्नुभयो ।
‘यसमा नेपालको सदैव असहमति रहँदै आएको छ,’ परराष्ट्रमन्त्री ज्ञवालीले भन्नुभयो,‘यो स्वीकार्य हुनै सक्दैन ।’
उहाँले हाम्रो सीमा लिम्पियाधुराको कुटीयाङदी नदी भएको भन्दै अनेक कृत्रिमता खडा गरेर भारतले बलमिच्याईँ गरेको पनि बताउनु भयो ।
यता, अनेस्ववियूका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले मन्त्री ज्ञवालीलाई कालापानी र सुस्ताको तत्काल स्थलगत अवलोकन गरी भारतीय पक्षको हेपाहा प्रवृत्तिबाट आहत भएका जनताको जीवनलाई सहज बनाइदिन पनि मन्त्री ज्ञवालीको गम्भीर ध्यानाकर्षण गराउनुभयाे ।
अनेरास्ववियुले सरकारले भारतले अतिक्रमण गरेको सीमा समस्या समाधानका लागि राष्ट्रिय सहमति कायम गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री ज्ञवालीप्रति आभार पनि व्यक्त गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।