पोखरामा दाइँ महोत्सव : पर्यटक र युवा पुस्तालाई परम्परागत कृषि...
माघ ६, २०८१ आइतबार
काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेको भूमि फिर्ता लिन सरकार दृढतापूर्वक अघि बढने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
सत्तारुढ दल नेकपाका अध्यक्षसमेत रहनु भएका प्रधानमन्त्री ओलीले नेपालको सीमाको रक्षा गर्न र भारतद्वारा अतिक्रमित नेपाली भूमि फिर्ता लिन सरकार दृढतापूर्वक अघि बढने प्रतिबद्धता व्यक्त गर्नु भएको हो ।
सोमबार बिहान आफ्नै सरकारी निवास बालुवाटारमा बसेको पार्टीको सचिवालय बैठकमा उहाँले भारतीय नक्सामा नेपालको भूमि समावेश गरिएको विषयमा नयाँदिल्लीस्थित राजदूतावासमार्फत् भारत सरकारको ध्यानाकर्षण गराइएको पनि जानकारी गराउनु भएको थियो ।
‘यसबारेमा हाम्रो नयाँ दिल्लीस्थित राजदुतमार्फत् भारत सरकारको ध्यानाकर्षण गराइएको छ’, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै प्रवक्ता श्रेष्ठले भन्नुभयो, ‘ती समस्या समाधानका लागि छिट्टै उचित कुटनीतिक संयन्त्रमार्फत भारतसँग वार्ता प्रक्रिया अघि बढाइनेछ ।’
सोमबार नयाँ दिल्लीमा रहेको नेपाली राजदूतावासले पनि गएको शुक्रबार भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतीय विदेश सचिव विजय गोखलेलाई भेटेर सीमा विवादका बारेमा कुरा गरेको जानकारी दिएको छ ।
बैठकमा प्रधानमन्त्री ओलीले द्विपक्षीय वार्ताका लागि नेपाल सरकारले आफ्नो आधिकारिक दस्ताबेज तयार पार्ने कामलाई पनि अघि बढाएको पार्टीको सचिवालय बैठकमा ब्रिफिङ गर्नु भएको थियो ।
भारतले हालै सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपाली भूमि समावेश गरिएकोमा नेपाल सरकारले असहमति जनाइसकेको छ । उता, भारतले पनि समस्या समाधानका लागि सचिवस्तरीय वार्तामा बस्न सकिने जनाउ सरकारलाई दिइसकेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।