पोखरामा दाइँ महोत्सव : पर्यटक र युवा पुस्तालाई परम्परागत कृषि...
माघ ६, २०८१ आइतबार
काठमाण्डौ - सरकारले भीआईपी सुविधा प्रयोगका लागि तोकिएका मापदण्डको पूर्ण पालना गर्न सचेत गराएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेशकुमार भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्ष प्रयोग गर्न नपाउँदैमा आफूलाई सानो नठान्न पनि सांसद, मन्त्रीहरुलाई आग्रह गर्नुभयो ।
बुधबार संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको बैठकमा सांसदहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीहरुले आफूहरुमाथि हेपाहा प्रवृत्ति देखाएको गुनासो गरेका थिए ।
त्यसको जवाफ दिने क्रममा मन्त्री भट्टराईले सांसद, मन्त्रीहरुले पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीलाई थर्काउने गरेको पाइएको उल्लेख गर्दै त्यसो नगर्न आग्रह गर्नुभयो । उहाँले विमानस्थलको भीआईपी कक्षको प्रयोगको विषयलाई आफ्नो प्रतिष्ठासँग जोडेर सांसदहरुले हेर्न नहुने पनि स्पष्ट पार्नुभयो । मन्त्री भट्टराईले आफूले मन्त्री हुनुअघि कहिल्यै पनि विमानस्थलको भीआईपी कक्षको प्रयोग नगरेको दृष्टान्त पनि समितिको बैठकमा प्रस्तुत गर्नुभयो ।
बैठकमा सांसदहरुले विमानस्थलका कर्मचारीहरुले आफूहरुलाई हेपाहा प्रवृत्ति देखाएको गुनासो गरेका थिए । आफूहरुमाथि विमानस्थलका कर्मचारीहरुले पियनको जस्तो व्यवहार गर्ने गरेको भन्दै सांसदहरुले आक्रोश पनि व्यक्त गरेका थिए ।
राष्ट्रिय जनता पार्टी, नेपालकी सांसद अग्रहरीले विमानस्थलमा अभद्र व्यवहार गरेको भन्दै पार्टीका सांसद प्रमोदकुमार यादवमाथि मुद्दा चलाइएको भन्दै सरकारप्रति आक्रोश पनि व्यक्त गर्नु भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।