बंगलादेशविरुद्धको ‘डे नाइट’ टेस्टमा भारत जित नजिक

 मंसिर ८, २०७६ आइतबार ९:१०:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

बंगलादेशविरुद्धको दोस्रो टेस्टमा भारत मजबुत स्थितिमा रहेको छ । कोलकताको इडन गार्डेन स्टेडियममा ऐतिहासिक ‘डे नाइट’ टेस्टमा बंगलादेशलाई १०६ रनमा अल आउट बनाएर पहिलो परि सुरु गरेको भारतले ९ विकेट गुमाएर ३४७ रन बनाएर पारि समाप्त गरेको थियो ।

भारतका लागि कप्तान विराट कोहलीले १३६ रन बनाउँदा चेतेश्वर पुजाराले ५५ तथा अजिंका रहाणेले ५१ रन बनाएका थिए । पहिलो पारिमा २४१ रनले पछि परेको बंगलादेशले दोस्रो पारिमा पनि राम्रो प्रदर्शन गर्न सकेन । 

दोस्रो दिनको खेल सकिँदा बंगलादेशले १५२ रन बनाउँदा ६ विकेट गुमाइसकेको छ । अझै बंगलादेशलाई पहिलो पारिको रन बराबरी गर्नका लागि ८९ रनको आवश्यकता छ भने चार विकेट मात्रै बाँकी रहेको छ ।

आइतबार भारतले बंगलादेशका बाँकी चार विकेट लिन सफल भयो भने टेस्ट सिरिज २–० ले जित्ने छ भने बंगलादेशलाई यो टेस्ट जोगाउन अझै तीन दिन ब्याटिङ गर्नु पर्ने छ । 

भारतका लागि दोस्रो पारिमा इशान्त शर्माले चार तथा उमेश यादवले दुई विकेट लिएका छन् ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया