बंगलादेशविरुद्धको सहज जितले नेपाली खेलाडीको आत्मविश्वास झनै बढाएको छ: प्रशिक्षक भट्ट

 मंसिर ११, २०७६ बुधबार १९:५०:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली महिला भलिबल टिमका प्रशिक्षक जगदीश भट्टले बंगलादेशविरुद्धको सहज जितले नेपाली खेलाडीको आत्मविश्वास झनै बढाएको बताउनुभएकाे छ ।

बंगलादेशविरुद्ध नेपाली टिमले ३–० को सहज जित निकालेपछि पत्रकारसँग कुरा गर्दै भट्टले तयारी अनुसारको नतिजा आएको बताउनुभयाे । उहाँले हालै बंगलादेशमा भएको एभीसी सेन्ट्रल जोनमा स्वर्ण पदक जितेकाले सागमा पनि स्वर्ण पदक जित्नु पर्ने चुनौती रहेको बताउनुभयाे ।

बंगलादेशी टिमको स्तर नेपालको भन्दा कमजोर भएकाले पनि नेपाली खेलाडीले बिस्तारै खेलेको प्रशिक्षक भट्टको भनाइ छ । उहाँले बिहीबार भारतसँगको खेलका लागि आफू तयार रहेको बताउँदै बुधबार भएको गल्ती भारतसँगको खेलमा कम हुने विश्वास पनि व्यक्त गर्नुभयाे ।

नेपालले बंगलादेशलाई पहिलो र दोस्रो सेटमा दश अंकभन्दा कममा हराए पनि तेस्रो सेटमा भने ११ अंक सम्म पुगेको थियो । यस विषयमा जवाफ दिँदै सबै खेलाडीलाई मौका दिएको र यसले खासै फरक नपर्ने उल्लेख गर्नुभयाे ।

भारतलाई एसियाको भलिबलमा पावर हाउसको संज्ञा दिँदै भारतसँग जित निकाल्ने लक्ष्यका साथ खेल्ने बताउँदै यदि समूह चरणमा पराजित भए सेमिफाइनलमा श्रीलंकासँग खेल्दै फाइनल पुग्ने लक्ष्य रहेको पनि उहाँले सुनाउनुभयाे ।

यस्तै नेपाली टिमकी कप्तान अरुणा शाहीले आज राम्रो खेलेपनि आज भएको गल्ती अर्को खेलमा कम हुने प्रतिबद्धता जनाइन् । बंगलादेशका प्रशिक्षकले नेपालले राम्रो गेम खेलेको बताउँदै आफ्नो टिम नयाँ भएकाले अझै एक्स्पोजरको आवश्यकता रहेको अभिव्यक्ति दिए।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया