कीर्तिपुर मैदनमा नयाँ डिजिटल स्कोर बोर्ड, दर्शकका लागि ‘फ्यान ...
मंसिर ७, २०८१ शुक्रबार
जुम्ला – डाक्टर गोविन्द केसीले सरकारको हेलिकप्टर नचढ्ने बताउनु भएको छ ।
उहाँले आफू आफ्नै तरिकाले काठमाडौं जाने बताउनु भएको छ । केसीले पत्रकार सम्मेलन गरेर काठमाडौं जाने जानकारी दिनुभएको छ । यसैगरी सरकारले ल्याएको हेलिकप्टर नेपाली सेनाको भगवती दल गणमा वसेको छ ।
यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा प्रहरीले केसी अनसन स्थलमा जान प्रयास गरेर लाठी चार्ज गर्दा दोहोरो भिडन्त भएपछि प्रतिष्ठानमा ठूलो क्षति भएको छ । यसैगरी केसीको अवस्था बुझ्ने भन्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, गहृमन्त्री नरेश भण्डारी शिक्षा सचिव खगराज बराल र स्वास्थ्य विभागका डा. गुणराज लोहनी जुम्लामा आउनु भएको छ । उहाँहरुलाई छिर्न नदिएपछि प्रतिष्ठानबाट फर्किनु भएको थियो ।
यसैगरी प्रहरी र विद्यार्थी , समर्थकबीच भिडन्त भएपछि अस्पतालमै एक जना युवा रबरको गोली लागेर गम्भीर घाइते भएका छन । यसैगरी प्रतिष्ठानका २७ विद्यार्थी घाइते भएका र सबैको इमरजेन्सीमा उपचार भैरहेको प्रतिष्ठानले जनाएको छ ।
यसअघि डाक्टर गोविन्द केसीले सरकारले माग पूरा नगरेसम्म काठमाडौं नजाने अडान लिए पनि अस्पतालको क्षति देख्दा आफू बस्न नमिल्ने भन्दै काठमाडौं जाने बताउनुभयो । केसीले पत्रकार सम्मेलन गरेर जुम्लाले आफूलाई गरेको सहयोग अविश्मरणीय रहेको भन्दै आफ्नो सत्याग्रह जता गए पनि जारी रहने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।