प्रधानसेनापति महिला फुटबल : सिक्किमविरुद्ध सावित्रा एक्लैको नौ गोल, अनु र अनिताकाे पनि ह्याट्रिक

 मंसिर ३०, २०७६ सोमबार २०:२८:२ | रासस
unn.prixa.net

काठमाण्डाै - सशस्त्र प्रहरी बल (एपीएफ)की  सावित्रा भण्डारीले भारतको सिक्किमविरुद्धको खेलमा तेहरो ह्याट्रिक गरेकी छिन् । काठमाण्डाैमा जारी प्रधानसेनापति आमन्त्रित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताअन्तर्गत साेमबार भएको खेलमा सावित्रा एक्लैले नौ गोल गरेकी हुन् । 

लगनखेलमा रहेकाे आर्मीको मैदानमा भएको खेलमा एपीएफले सिक्किमलाई १८–० गोलले हरायो । एपीएफका लागि अनु लामाले चार, अनिता बस्नेतले तीन तथा रेनुका नगरकोटीले दुई गोल गरे। पहिलो हाफमा १० गोल गरेको एपिएफले दोस्रो हाफमा थप आठ गोल गरेको थियो ।  

प्रतियोगिताअन्तर्गत साेमबारै भएको अर्को खेलमा नेपाल पुलिस क्लबले प्रदेश नम्बर–२ लाई ३–० गोलले हरायो । पुलिस क्लबका लागि निशा विक, निरु थापा र दीपा न्यौपानेले एक–एक गोल गरेका थिए । मंगलबार प्रदेश नम्बर–५ र भुटानको टोलीबीच खेल हुनेछ ।

अखिल नेपाल फुटबल संघ ९एन्फा०सँगको सहकार्यमा आइतबारदेखि सुरु भएको प्रतियोगिताको सातौँ संस्करणमा तीन विभागीय, दुई विदेशी तथा तीनवटा प्रदेशको फुटबल टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, प्रदेश १, प्रदेश २, प्रदेश ५ तथा भारतको सिक्किम र भुटानको फुटबल टोली  सहभागी रहेको नेपाली सेनाका महासेनानी शशीकिरण रायमाझीले जानकारी दिनुभयो । प्रतियोगिता आगामी पुस ९ गतेसम्म चल्नेछ । 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया