विवाहपञ्चमीको अवसरमा जनकपुरधाममा सरसफाइ अभियान
मंसिर १५, २०८१ शनिबार
कास्की - पोखरा प्रिमियर लिगमा चितवन राइनोजले साविक विजेता पोखरा पल्टनलाई ६ विकेटले पराजित गरेकाे छ ।
पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखरा २० ओभरमा एक सय सात रनमा अलआउट भयो । उसका चार खेलाडीले मात्र दोहोरो अंक जोड्न सके ।
चितवन राइनोजले १०८ रनकाे सामान्य लक्ष्य १४ ओभर ५ बलमा ४ विकेट गुमाउँदै पूरा गर्याे । चितवनका लागि बाबर हयातले अविजित ६६ तथा सन्नी पटेलले अविजित २२ रनकाे याेगदान गरेपछि १०८ रनकाे लक्ष्य ३१ बल बाँकी छँदै पूरा भएकाे हाे ।
बलिङतर्फ पाेखराका रसिद खान र सर्वजित लड्डाले दुई-दुई विकेट लिए ।
यसअघl, खराब सुरुवात गरेको पोखराले मात्र ५ रनमा पहिलो विकेट गुमायो । त्यसपछि १९ रनमा दोस्रो विकेट खेर फालेको पोखराले ५० रन बनाउँदा चार विकेट झार्न पुग्यो । उसका ओपनर कुशल भुर्तेल जसले पहिलो खेलमा अर्धशतक बनाएका थिए उनी मात्र पाँच रनमा आउट भए ।
त्यसपछि आसिफ शेखपनि १० रनमा आउट हुँदा रवीइन्दर सिंहपनि १० रनमा नै पेभेलियन फर्किए । त्यसपछि विनोद भण्डारी सात रनमा आउट हुँदा पोखराको पारी संकटमा परेको थियो । त्यसपछि क्रिजमा आएका रोहित पौडेलपनि खाता खोल्न नपाउँदै रनआउट भए ।
पोखराका खेलाडीबीच दरिलो साझेदारी हुन नसक्दा उसले ९२ रनमा ६ विकेट खेर फाल्यो । पोखराको पारीलाई सम्हालेका कप्तान शरद भेषावकर ४५ रनमा पेभेलियन फर्किएपछि उसले सातौँ विकेट गुमायो । बलिङमा चितवनका सन्नी पटेल र रोहन मुस्तफाले दुई-दुई विकेट लिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।