पाेखरा प्रिमियर लिगमा आज २ खेल हुँदै : काठमाण्डाै र विराटनगर पहिलाे जितकाे खाेजीमा

 पुष २, २०७६ बुधबार ८:३१:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा बुधबार पनि दुई वटा खेल हुँदैछन् । 

पोखरा रंगशालामा बिहान ९ बजे सुरु हुने पहिलो खेलमा एक्सपर्ट धनगढी र काठमाण्डौ गोल्डेन्स वारियर्स प्रतिस्पर्धा गर्नेछन् । 

ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाण्डौले तेस्रो खेल खेल्दा पहिलो जितको खोजिमा हुने छ । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको धनगढी भने लगातार दोस्रो जित निकाल्दै बलियो दाबेदार हुने रणनीतिमा छ ।

काठमाण्डौको टिममा कप्तान ज्ञानेन्द्रसँगै आदिल खान, पृथु बास्कोटा, सुबोध भाटी, अमृत भट्टराई, सुवास खकुरेल, जयकिशन कोल्शावाला, वसन्त रेग्मी, अमर रौटेला रहेका छन् । त्यस्तै, पवन शर्राफ, अमित श्रेष्ठ, सूर्य तामाङ, गौरव तोमार र नन्दन यादव छन् ।

धनगढीको टिममा दीपेन्द्रसिंह ऐरी, अरुण ऐरी, कमल सिंह, फिर्दोस अन्सारी, रोबन क्षत्री, सागर ढकाल, सुनम गौतम, सन्दीप जोरा र सौरभ खनाल रहेका छन् । यस्तै अस्मित खरेल, सुवेन्दू पाण्डे, सन्दीप रजाली, मन्जीत श्रेष्ठ, सन्दीप सुनार, विक्रम ठगुन्ना, रोड्रिगो थोमस र श्रीमन्था वेजारत्ना रहेका छन् ।

बुधबार नै हुने दोस्रो खेलमा विराटनगर टाइटन्स र पोखरा पल्टन प्रतिस्पर्धा गर्दैछन् । यो खेल पोखरा रंगशालामा दिउँसो पौने १ बजेपछि सुरु हुने छ । 

प्रदीप ऐरीको कप्तानीमा रहेको विराटनगर पहिलो जितको खोजिमा हुने छ भने शरद भेषावकरको कप्तानीमा रहेको पोखरा पल्टन दोस्रो जित निकाल्ने दाउमा छ । 

दोस्रो खेलमा चितवन राइनोजसँग पराजित भएको पोखराले पहिलो खेलमा काठमाण्डौ गोल्डेन्स वारियर्सलाई पराजित गरेको थियो । 

विराटनगरको टिममा प्रदीप ऐरी, सुनिल धमला, लभ कामत, लोकेश बम, राजेश पुलामी, किशोर महतो, पुनित मेहरा, मोहम्मद जइद, जितेन्द्र मुखिया, दिलिप नाथ, राजु रिजाल सहाव आलम छन् । यसैगरी दीपेश श्रेष्ठ, मनिष थापा र पुष्प थापा पनि टिममा छन् ।

पोखराको टिममा कप्तान शरद भेषावकरसँगै सर्वजित लड्डा, आकाश चन्द, आशिफ शेख, मेहबुब आलम, विनोद भण्डारी, कुशल भुर्तेल, प्रथमेश डेके, सुम घिमिरे रहेका छन् । त्यस्तै रविइन्दर सिंह, कृष्ण कार्की, कुशल मल्ल, इशान पाण्डे, रोहित पौडेल, ललित राजवंशी र रशिद खान छन् ।

काठमाण्डौ गोल्डेन्स वारिर्यस र पोखरा पल्टनले अहिलेसम्म २ वटा खेल खेल्दा बाँकी ४ टिमले भने एक–एक खेलमा खेलेका छन् । काठमाण्डौले दुवै खेलमा पराजय भोगेको छ भने पोखरा पल्टनले एक खेलमा जित हात पार्दा अर्को खेलमा पराजय भोगेको थियो ।

चितवन राइनोज, एक्सपर्ट धनगढी,पोखरा पल्टन र बुटवल ब्लास्टर्सले समान २–२ अंक जोड्दा विराटनगर टाइटन्स र काठमाण्डौले भने अंक जोड्न सकेका छैनन् ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया