जापानमा नेपाल फेस्टिवलको रौनक
मंसिर १५, २०८१ शनिबार
बिग बाश लिगमा सन्दीप लामिछानेको टिम मेलबर्न स्टार्सले पहिलो खेलमा नै जित निकालेको छ । आज भएको खेलमा मेलबर्नले ब्रिसबेन स्टार्सलाई २२ रनले हरायो ।
अष्ट्रेलियाको गोल्डकोस्टमा भएको खेलमा मेलबर्नले २० ओभरमा सात विकेट गुमाउँदै १६७ रन बनायो । सुरुवात खराब गरेको मेलबर्नले नौ रनमा पहिलो विकेट गुमाएको थियो ।
त्यसपछि ७४ रन बनाउँदा चार विकेट खेर फालेको स्टार्सका लागि मार्कस स्टोनिसले १६, हिल्टोन कार्टराईटले १८, पिटर ह्याण्ड्सकोपले २० तथा बेन डुंकले ११ रन बनाए । यसतै निक म्याडिन्सनले आठ रनको योगदान गरे ।
स्टार्सका लागि कप्तान ग्लेन म्याक्सवेलले ८३ रनको उत्कृष्ट पारि खेले । उनले ३९ बलमा सात चौका र पाँच छक्का प्रहार गरे ।
जवाफमा ब्रिसबेन २० ओभरमा ८ विकेट गुमाउँदा एक सय ४५ रनमा रोकियो । उसका टोम बनटोनले ६४ र म्याट रेन्सोले ३९ रन बनाए पनि बाँकी खेलाडी सस्तैमा आउट भए ।
नेपाली बलर सन्दीप लामिछाने ब्रिसबेन हिटविरुद्धको खेलमा सन्दीपले चार ओभरमा ३८ रन दिएर एक विकेट लिन सफल भए ।
टिमको दोस्रो ओभर लिएर आएका सन्दिपले तीन बलमा तीन बाउन्ड्री दिए । उनको पहिलो बलमा बेनटोनले चौका प्रहार गरे भने दोस्रो बलमा पनि चौका नै खाए । तेस्रो बलमा छक्का खान पुगे । तर चौथो बलमा मात्र एक रन दिएका उनले पाँचौ बल डट फाले । ओभरको अन्तिम बलमा पनि चौका खान पुगे । जसका कारण उनले पहिलो ओभरमा १९ रन खर्चिए ।
दोस्रो ओभरमा सन्दीपले ६ रन खर्चिए ।
टिमको सातौ ओभर लिएर आएका उनले पहिलो बलमा एक विकेट लिए । दोस्रो बल डट फालेका सन्दीपले तेस्रो बलमा दुई रन खर्चिए । त्यसपछि चौथो बल डट फालेका उनले पाँचौ बलमा दुई र छैटौ बलमा एक रन खर्चिए ।
तेस्रो ओभरमा सन्दीपले मात्र ५ रन खर्चिए । उनले त्यस ओभरमा तीन बल डट फाले भने दुई बलमा दुई दुई र एक बलमा एक रन दिए ।
चौथो ओभरमा सन्दीपले ८ रन दिएर विकेट लिन सफल भए । उनले बेन कटिङलाई १२ रनमा आउट गरे । त्यस ओभरमा उनले एक चौका खाएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।