पाकिस्तानमा पूर्वप्रधानमन्त्री खानकाे रिहाइ माग गर्दै हजारौंको ...
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डौ – विमान निर्माता कम्पनी बोइङले आफ्नो प्रमुख कार्यकारी अधिकृत डेनिस मिलेनवर्गलाई पदबाट हटाएको घोषणा गरेको छ ।
आफ्नो विश्वास फेरि हासिल गर्नको लागि प्रमुख कार्यकारीलाई पदबाट हटाएको बोइङको बोर्ड अफ् डाइरेक्टरले जनाएको छ । अब कम्पनीका अध्यक्ष डेविड कालहानले आउँदो जनवरी १३ देखि कार्यकारी प्रमुखको पद सम्हाल्ने बीबीसीले जनाएको छ ।
इण्डोनेसिया र इथोपियामा पाँच महिनाको अन्तरमा भएका दुई वटा बोइङ विमान दुर्घटनामा तीन सय ४६ जनाको ज्यान गएपछि कम्पनीमा कार्यकारी प्रमुख फेर्न दबाब परेको थियो ।
कम्पनीको यो निर्णयलाई लिएर दुर्घटनाका पीडितले स्वागत गरेका छन् ।
बोइङको तर्फबाट जारी गरिएको एक विज्ञप्तिमा भनिएको छ, ‘बोर्ड अफ् डाइरेक्टरले कम्पनीले गुमाएको विश्वास पुनः प्राप्त गर्न नेतृत्वमा परिवर्तन आवश्यक रहेको महसुस गरेको छ । जसले कर्मचारी र यात्रुसँगको सम्बन्ध सुधार होस् ।’
मिशेल स्टूमोले बोइङ ७३७ को दुर्घटनामा आफ्नो छोरी गुमाएका थिए । उनले आफ्नो छोरीको निधनपछि अन्य पीडितका परिवारलाई बोइङविरुद्ध एकजुट गराएका थिए ।
बोइङ कम्पनीको पछिल्लो निर्णयलाई स्वागत गर्दै उनले भने, ‘कुनै पनि कम्पनीले आफ्नो यात्रुको सुरक्षामा ध्यान दिँदै राम्रो गर्नतर्फ अग्रसर हुनुपर्छ र यो कम्पनीले गरेको सही निर्णय हो ।’
बोइङ कम्पनीको विमान दुर्घटनालाई लिएर वायु यातायात सुरक्षाको जाँच गर्ने अधिकारीहरुले भने विमानमा एक स्वचालित नियन्त्रण प्रणालीलाई दुर्घटनाको कारण मानेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।