क्रिकेट अस्ट्रेलियाको ‘दशक एकदिवसीय टिम’मा धोनी कप्तान !

 पुष १०, २०७६ बिहीबार ११:५७:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अस्ट्रेलियाली क्रिकेट संघले एक दशकको एकदिवसीय टिम सावर्जनिक गरेको छ । क्रिकेट अस्ट्रेलियाले मंगलबार ११ सदस्यीय टिम सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएकाे टिमको कप्तानमा भारतीय पूर्वकप्तान तथा विकेटकिपर महेन्द्र सिंह धोनी चुनिएका छन् । सार्वजनिक टिममा भारतबाट धोनीसहित विराट कोहली र रोहित शर्मा पनि परेका छन् । 

‘पछिल्लो समय धोनीको ब्याट रोकिएको छ । तर एक दशकसम्म भारतीय टिमको स्वर्ण युगमा उनको हस्तक्षेपकारी भूमिका रह्यो’, धोनीलाई कप्तान चुनेपछि क्रिकेट अस्ट्रेलियाले भनेको छ, ‘सन् २०११ मा घरमै भएको एकदिवसीय विश्वकपको ट्रफी आफ्नै देशमा राख्न उनको फिनिसरको भूमिका सराहनीय थियो ।’  

क्रिकेट अस्ट्रेलियाकाे एक दशककाे एकदिवसीय टिममा रोहित शर्मा (भारत), हाशिम आमला (दक्षिण अफ्रिका), विराट कोहली (भारत), एबीडी भिलियर्स (दक्षिण अफ्रिका), शाकिब अल हसन (बंगलादेश) जाेस बटलर (इंग्ल्याण्ड), महेन्द्र सिंह धोनी (भारत), राशिद खान (अफगानिस्तान), मिचेल स्टार्क (अस्ट्रेलिया), ट्रेन्ट बोल्ट (न्युजिल्याण्ड), लासिथ मालिंगा(श्रीलंका) ले टिममा स्थान बनाएका छन् । 

त्यस्तै क्रिकेट अस्ट्रेलियाकाे दशकको टेष्ट क्रिकेट टिमको कप्तानमा भने भारतीय कप्तान विराट कोहली चुनिएका छन् । 

टेस्ट क्रिकेट टिम : एलिस्टर कुक, डेभिड वार्नर, केन विलियमसन, स्टिभ स्मिथ, विराट कोहली (कप्तान), एबीडी भिलियर्स, बेन स्टोक्स, डेल स्टेन, नाथन लायन र जेम्स एडरसन ।

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया