च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
बझाङ - बझाङको छबिसपाथीभेरा गाँउपालिका वडा नम्बर ४ की ३६ वर्षीया कविता दर्जीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।
सुत्केरी हुन नसकेपछि जिल्ला अस्पतालमा अप्रेशन गरेर दर्जीको बच्चा निकालिएको थियो । दुई दिन अघि सुत्केरी बेथा लागेपछि जिल्ला अस्पतालमा पुग्नुभएकी दर्जीकाे याे छैँटौ बच्चा रहेकाे र अपरेशन गरेर निकाएको जिल्ला अस्पताल बझाङमा डाक्टर मिलन खड्काले बताउनु भयो ।
उहाँका अनुसार दुई दिन अघि नै अप्रेशन गरेर बच्चा निकाल्न भनिएको भए पनि उहाँका आफन्तहरुले नमान्दा अपरेशन गर्न नसकिएको थिएन ।
अन्तिम चरणमा बच्चा उल्टो भएर हात निस्किएपछि अपरेशन गर्नुपरेको अपरेशनपछि पाठेघर नखुम्चिएको र लगातार रगत बग्न थालेपछि सेनाकाे हेलिकप्टर मार्फत क्षेत्रीय अस्पताल सुर्खेतमा पुर्याइएकाे हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।