पाकिस्तानमा पूर्वप्रधानमन्त्री खानकाे रिहाइ माग गर्दै हजारौंको ...
मंसिर ११, २०८१ मंगलबार
सिरियाको इद्लिव प्रान्तबाट १३ दिनमा झण्डै साढे २ लाख नागरिकले घर छाडेका छन् । यही मंसिर २६ देखि गएको बुधबारसम्म १३ दिनमा इदलिवका २ लाख ३५ हजार नागरिकले घर छाडेका संयुक्त राष्ट्रसंघले जनाएको छ ।
उत्तर दक्षिण सिरियाको इद्लिव, राष्ट्रपति बसर अल असद विरुद्ध रहेका विद्रोहीको कब्जामा रहेको शहर हो । रुस समर्थित सिरियाली सरकारले नोभेम्बर महिनादेखि आक्रमणलाई तिब्रता दिएपछि मध्य डिसेम्बरमा घर छाडेर भाग्नेको संख्या बढेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
आक्रमण पछि हजारौं परिवार ट्रक र कारमा उत्तरतिर रहेको शहर र शरणार्थी शिविरतिर लागेका बीबीसीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।