ध्वनिभन्दा २० गुणा छिटो उड्ने हाइपरसोनिक क्षेप्यास्त्र जडान गरेकाे रुसकाे दावी

 पुष १२, २०७६ शनिबार ११:५१:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

रुसले ध्वनिभन्दा २० गुणा छिटो उड्ने हाइपरसोनिक अभानगार्ड क्षेप्यास्त्र जडान गरेको छ ।

रक्षामन्त्री सेर्गेई सोइगुलले शुक्रबार राति १० बजे ती क्षेप्यास्त्र तैनाथ गरिएको भने पनि जडान गरिएको ठाउँबारे केही बताउनुभएको छैन । तर त्यहाँका अधिकारीहरुले यसअघि नै त्याे क्षेप्यास्त्र पश्चिमी रुसको युराल पर्वत क्षेत्र वरपर राखिने संकेत गरेका थिए ।

ती क्षेप्यास्त्रमा ग्लाइड प्रणाली राखिएकोले प्रहार गर्न सहज बनाएको र त्यसलाई भेद गर्न असंभव हुने दाबी गरिएको छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनले परमाणु अस्त्र बोक्न सक्ने ती क्षेप्यास्त्रले रुसलाई अरु देशभन्दा अगाडि पुर्‍याएको दाबी गर्नुभएको छ । रुसको रक्षा मन्त्रालयले अभानगार्ड प्रणालीको भिडिओ सार्वजनिक गरे पनि अस्त्र विज्ञहरूले यसको प्रभावकारितामाथि प्रश्न उठाएका छन् । 

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया