जापानमा नेपाल फेस्टिवलको रौनक
मंसिर १५, २०८१ शनिबार
इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) ले टी २० क्रिकेटमा रोमाञ्चकता थप्न ठूलो योगदान गरेको छ । यसका साथै धेरै नयाँ तथा युवा खेलाडीहरुले आफ्नो प्रतिभा देखाउने मौका पनि पाएका छन् । आईपीएलको पहिलो सिजन २००८ मा खेलिएको थियो । त्यसमा ८ टिमको सहभागिता रहेको थियो । पहिलो पटक आयोजना गरिएको आईपीएलको उपाधि राजस्थान रोयल्सले जितेको थियो ।
त्यतिबेला त्यस टिमका कप्तान शेन वार्न थिए । त्यस यता १२ सिजन आईपीएल सम्पन्न भइसकेको छ भने १३ औँ सिजनको पनि मिति तय भइसकेको छ ।
आज हामीले आईपीएल पहिलो सिजनका ८ कप्तान अहिले के गर्दैछन् त्यसबारेमा जानकारी दिन्छौँ ।
शेन वार्न (राजस्थान रोयल्स)
अस्ट्रेलियाका अनुभवि कप्तान शेन वार्नलाई राजस्थान रोयल्सले पहिलो आईपीएलमा कप्तान बनाएको थियो । उनको कप्तानीमा शानदार प्रदर्शन गर्दै पहिलो पटक नै उपाधि जित्न सफल भएको टिम हो राजस्थान रोयल्स ।
त्यसपछि वार्नले सन्यास लिए । आईपीएलका ५५ खेलमा वार्नले ५७ विकेट लिएका छन् । वार्न अहिले राजस्थान रोयल्सको प्रमुख प्रशिक्षकको भूमिकामा छन् ।
वीवीएस लक्ष्मण (डेक्कन चार्जस)
डेक्कन चार्जर्स (सनराईजर्स हैदरावाद)ले आईपीएलको पहिलो सिजनमा वीवीएस लक्ष्मणलाई टिम कप्तान बनाएको थियो । आईपीएलमा कप्तान र खेलाडीको रुपमा लक्ष्मण भने सफल हुन सकेनन् ।
उनको कप्तानीमा पहिलो सिजनमा जम्मा २ खेलमात्रै जित्न सफल भएको थियो । खेलाडी जीवनपछि उनी अहिले सनराईजर्सकै मेन्टरको भूमिकामा छन् भने अन्तर्राष्ट्रिय म्याचमा कमेन्ट्री गर्ने काममा पनि जोडिएका छन् ।
युवराज सिंह (किंग्स इलावेन पञ्जाव)
आईपीएलको पहिलो सिजनमा युवराजसिंह २६ वर्षका थिए । उनलाई टिम कप्तान बनाइएको थियो । उनी आईपीएलको सबैभन्दा युवा कप्तानको रुपमा डेब्यु गरेका थिए ।
उनको कप्तानीमा टिम सेमिफाइनलसम्म पुगेको थियो । सेमिफाइनलमा चेन्नाईसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । युवराजले गएकाे वर्ष अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए । उनी अहिले विदेशी फ्रेन्चाइज लिगमा खेलिरहेका एक मात्र भारतीय खेलाडीका रुपमा रहेका छन् ।
महेन्द्रसिंह धोनी (चेन्नाई सुपर किंग्स)
सन् २००८ देखि अहिलेसम्म महेन्द्रसिंह धोनीकै कप्तानीमा चेन्नाई सुपर किंग्सले आईपीएल खेलिरहेको छ । २००८ मा धोनीलाई ९.५ करोडमा खरिद गरेको थियो ।
पहिलो सिजनमा धोनी सर्वाधिक महंगो खेलाडीको रुपमा रहेका थिए । धोनीको कप्तानीमा पहिलो पटक चेन्नाईले फाइनलको यात्रा तय गरेको थियो । तर फाइनलमा पराजित भएको थियो । धोनी अहिले पनि चेन्नाईका लागि खेलिरहेका छन् ।
विरेन्द्र सहवाग (दिल्ली डेयरडेविल्स)
भारतीय टिमका ओपनर ब्याट्सम्यान विरेन्द्र सहवागले पहिलो आईपीएलमा दिल्ली डेयरडेविल्स (हाल दिल्ली क्यापिटल्स)को कप्तानी गरेका थिए ।
उनको कप्तानीमा दिल्लीले पहिलो आईपीएलमा १४ मध्ये सात खेल जितेको थियो । याे नतिजाले दिल्ली टप चारमा पुग्न सफल भएको थियो । आईपीएलबाट सन्यास लिएपछि सहवागले किंग्स इलावेन पञ्जावको मेन्टरको भूमिका निर्वाह गरे । अहिले त्यो पनि छाडेर बसेका छन् ।
राहुल द्रविड (रोयल च्यालेन्जर्स बैंग्लोर)
राहुल द्रविडले पहिलो सिजनको आईपीएलमा रोयल च्यालेन्जर्स बैंग्लोरको कप्तानी सम्हालेका थिए । तर उनको टिमले खासै राम्रो प्रदर्शन भने गर्न सकेन ।
पहिलो सिजनमा बैंग्लोरले जम्मा ४ म्याचमा मात्रै जितको स्वाद चाख्न पाएको थियो । अहिले द्रविड बीसीसीआईको नेशनल क्रिकेट एकेडेमी बैंगलोरमा काम गरिरहेका छन् ।
सचिन तेन्दुलकर (मुम्बई इण्डियन्स)
मुम्बई इण्डियन्सले पहिलो आईपीएलमा सचिन तेन्दुलकरलाई कप्तान बनाएको थियो । आईपीएलमा सर्वाधिक चार पटक उपाधि जित्ने टिम पनि मुम्बई नै रहेको छ ।
तर सचिनको कप्तानीमा पहिलो आईपीएलमा भने राम्रो प्रदर्शन गर्न सकेन । पाँच खेलमा जित हात पारेको मुम्बई तालिकाको पाँचौं स्थानमा रहेको थियो । सचिन अहिले पनि मुम्बईको मेन्टरको भूमिकामा छन् ।
सौरव गांगुली ( कोलकता नाइट राइडर्स)
भारतीय टिमका कप्तान समेत रहेका सौरव गांगुलीलाई कोलकता नाइटराइडर्सले पहिलो सिजनमा टिमको कप्तान बनाएको थियो ।
उनको कप्तानीमा टिमले १४ मध्ये ६ खेल जित्न सफल रह्यो । उनको टिम छैटौं स्थानमा रहँदै प्रतियोगिता टुंगिएको थियो । अहिले गांगुली बीसीसीआईको अध्यक्ष बनेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।