मकवानपुरको मकवानपुरगढीका किसानलाई प्रति रोपनी दुई हजार रुप...
मंसिर १५, २०८१ शनिबार
नेपाली लेग स्पिनर सन्दीप लामिछानले अस्ट्रेलियामा जारी बिग ब्याश लिग क्रिकेटमा यो सिजनकै उत्कृष्ट प्रदर्शन गरेका छन् ।
उनले आज जारी मेलबर्न रेनिगेड्सविरुद्धकाे खेलकाे चार ओभरकाे स्पेलमा २६ रन खर्चिएर ३ विकेट हात पारे । पहिलो र दोस्रो ओभरमा विकेटविहीन हुँदै १९ रन खर्चिएका सन्दीपले तेस्रो र चौथो ओभरमा तीन विकेट लिएका थिए । तेस्रो ओभरमा २ विकेट हात पारेका सन्दीपले आफ्नो स्पेलको अन्तिम तथा चौथो ओभर पनि विकेटविहीन बन्नु परेन ।
पहिलो ओभरः
सन्दीपलाई मेलबर्न रेनिगेड्सविरुद्ध सातौँ ओभरमा बलिङ गर्न दिइएको थियो । जसमा पहिलो बलमा सन्दीपले एक रन खर्चिए । एरोन फिन्चले एक रन लिँदै स्ट्राइक बदलेपछि क्रिजमा शन मार्श आएका थिए । मार्शले दोस्रो बलमा एक रन लिए ।
तेस्रो बल डट राखेका सन्दीपले चौथो बलमा १ रन खर्चिए । पाँचौँ बल डट राख्न सफल भएका सन्दीपले अन्तिम बलमा चार रन दिए । अन्तिम बलमा मार्शले चौका प्रहार गरेपछि सन्दीपले आफ्नो पहिलो ओभरमा ७ रन दिएका हुन् ।
दोस्रो ओभरः
दोस्रो ओभरमा भने सन्दीप महँगो सावित भए । टिमको नवौँ ओभरमा व्यक्तिगत दोस्रो ओभर लिएर आएका सन्दीपले पहिलो बलमा २ रन खर्चिए भने दोस्रो बलमा एक रन लिँदै मार्शले स्ट्राइक परिवर्तन गरेपछि ब्यू वेब्स्टरले चौका प्रहार गरेका थिए । चौथो बलमा १ रन खर्चिएका सन्दीपले पाँचौँ बलमा भने ३ रन दिन पुगे । छैटौँ बलमा पनि एक रन दिएपछि दोस्रो ओभरमा सन्दीपले १२ रन खर्चिका थिए ।
तेस्रो ओभर :
पहिलो र दोस्रो बलमा एक एक रन दिएका सन्दीपले तेस्रो बलमा शन मार्शलाई आउट गरे । गूऊ्ली बल गरेर लङ अनमा उनले मार्शलाई क्याच आउट गराउँदै पेभेलियन फर्काए । पहिलो विकेट पतन भएपछि क्रिजमा आएका मार्शले आक्रमक तरिकाले रन बनाइरहेका थिए । उनले ३३ बलमा ४३ रन जोड्दा ३ चौका र एक छक्का प्रहार गरेका थिए ।
त्यसै ओभरको चौथो बलमा सन्दीपले एक रन खर्चिए । पाँचौँ बलमा सन्दीपले टिमका लागि चौथो सफलता दिलाउँदै व्यक्तिगत दोस्रो विकेट हात पारे । उनले डेनियल क्रिष्टिनलाई पहिलो बलमै आउट गर्दै पेभेलियनको बाटो देखाएका थिए । सन्दीपले व्यक्तिगत तेस्रो ओभरमा २ विकेट लिँदै ४ रन खर्चिए ।
चौथो ओभर:
चौथो ओभर लिएर सन्दीप १७ औंँ ओभरमा आएका थिए । पहिलोदेखि तेस्रो बलसम्म एक एक रन खर्चिएका सन्दीपले चौथो र पाँचौँ बल डट राखे । छैटौँ बलमा टम कुपरलाई आउट गर्दै व्यक्तिगत तेस्रो सफलता हात पारे । उनले चौथो ओभरमा तीन रन दिएर १ विकेट लिएका हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।