बिग ब्याश लिग : मेलबर्न स्टार्सले रेनिगेड्सलाई ७ विकेटले हरायाे

 पुष २५, २०७६ शुक्रबार १७:४९:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

अस्ट्रेलियामा जारी बिग ब्यास लिग क्रिकेटमा नेपाली खेलाडी सन्दीप लामिछाने आबद्ध मेलबर्न स्टार्सले मेलवर्न रेनिगेड्सलाई ७ विकेटले पराजित गरेको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको रेनिगेड्सले निर्धारित ओभरमा ७ विकेट गुमाएर १६८ रन बनाएको थियो ।

१६९ रनको लक्ष्य मेलबर्नले ३ विकेट गुमाएर ८ बल बाँकी छँदै पूरा गरेको थियो । खराब सुरुवात गरेको मेलवर्न स्टार्सका मार्कस स्टोइनिस तीन बल सामना गर्दै शून्यमा आउट भएका थिए । बेन डंकलाई दोस्रो विकेटको रुपमा गुमाउँदा स्टार्सले जम्मा स्कोर बोर्डमा ३६ रन जोडेको थियो ।

डंक १४ रन बनाएर आउट भए । उनले १५ बलमा १ चौका प्रहार गरेका थिए । त्यसपछि क्रिजमा आएका निक लार्किनसँग मिलेर ओपनर आएका हिल्टन कार्टराइटले पारीलाई अघि बढाए ।

टिमको स्कोर ५४ रन हुँदा तेस्रो विकेटको रुपमा कार्टराइट व्यक्तिगत ३५ रन जोडेर आउट भएका थिए । २१ बल फेस गरेका कार्टराइटले ४ चौका र १ छक्का प्रहार गरेका थिए । पाँचौ नम्बरमा ब्याटिङ गर्न आएका ग्लेन म्याक्सवेलले आक्रामक पारी खेलेपछि मेलबर्न स्टार्स सहजै जित हात पार्न सफल भयो ।

म्याक्सवेलले ४५ बलमा ८३ रनको शानदार पारी खेले जसमा ७ छक्का र १ चौका सामेल थिए । उनलाई चौथो नम्बरमा क्रिजमा आएका निक लार्किनले गतिले साथ दिए । उनी ३३ रनमा नट आउट रहँदा २८ बल फेस गरेका थिए । उनको ब्याटबाट १ चौका र १ छक्का प्रहार भएको थियो ।

रेनिगेड्सका लागि समित पटेल, रिचार्ड ग्लिसन र क्यामरन वोएले एक एक विकेट लिए पनि लक्ष्य रक्षा गर्न सकेनन् । बिग ब्याश लिगमा मेलबर्नको यो सातौँ जित हो । ८ मध्ये ७ खेलमा जित हात पारेको मेलबर्न १४ अंकसहित शीर्ष स्थानमा यथावत रहेको छ ।

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया