चीन, मेक्सिको र क्यानडाबाट आयात हुने वस्तुमा थप शुल्क लगाउने ...
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै - चीनको वुहान शहरबाट देखा परेको रहस्यमयी ‘कोरोनाभाइरस’को सङ्क्रमण दक्षिण कोरियामा पनि भेटिएको छ ।
दक्षिण कोरियाको राष्ट्रिय रोग नियन्त्रण केन्द्रका अनुसार चीनको इन्चियन अन्तराष्ट्रिय विमानस्थलबाट शनिबार कोरिया पुगेकी एक चिनियाँ महिलालाई ज्वरो आएको र श्वासप्रश्वास सम्बन्धी समस्या देखिएपछि परीक्षण गर्दा उनलाई ‘कोरोनाभाइरस’ रहेकाे पुष्टि भएको हो ।
अस्पतालमा अन्य बिरामीभन्दा टाढा राखेर उनको उपचार भइरहेको रूसी समाचार संस्था स्पुटनिकले कोरियाली अधिकारीलाई उद्धृत गरी लेखेको छ । याे रोगको सङ्क्रमण जनवरीको सुरूमा चीनकाे वुहानमा पत्ता लागेको थियो ।
यो जिवाणु सङ्क्रमित बिरामी निमोनिया र अन्य श्वासप्रश्वास सम्बन्धी समस्या भएजस्तै देखिने गर्छ । यसैबीच चीनमा ‘कोरोनोभाइरस’का कारण सोमबारसम्ममा तीन जनाको ज्यान गएको छ । चीनले करिब १४० जनामा यो रहस्यमयी रोग लागेको पुष्टि गरेको छ ।
चिनियाँ स्वास्थ्य अधिकारीले याे रोगको सङ्क्रमण बेइजिङमा सोमबार दुई जनामा फेला परेको र क्वाङडोङमा पनि एक बिरामीमा समस्या पाइएको बताए । यसले ‘कोरोनोभाइरस’को सङ्क्रमण वुहानबाट अन्य शहरमा पनि फैलिएको पुष्टि भएको छ ।
यो रोगको सङ्क्रमण जापानमा एक र थाइल्याण्डका एक व्यक्तिमा भएको ती मुलुकका अधिकारीले यस पहिले नै जनाएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।