च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै - अन्तर्राष्ट्रिय टी २० क्रिकेटमा एक सय विकेट पुर्याउन नेपाली बलर सन्दीप लामिछानेलाई अर्काे खेल कुर्नुपर्ने भएको छ ।
बिग ब्याश क्रिकेट लिगमा एडिलेडविरुद्धको खेलमा विकेटविहीन भएपछि सन्दीपलाई विकेटमा शतक बनाउन अर्को खेल कुर्नुपर्ने भएको हो । उनले एडिलेडविरुद्ध २४ रन खर्चिए तर विकेट लिन सकेनन् । उनले आज पुरै चार ओभर बलिङ पनि गर्न पाएनन् ।
सन्दीपले पहिलो ओभरमा ५ रन दिए । टिमको दशौँ तथा व्यक्तिगत पहिलो ओभर लिएर आएका सन्दीपले पहिलो बलमा दुई रन दिए भने दोस्रो बलमा एक तथा तेस्रो बलमा पनि एक रन खर्चिए । चौथो बलमा पनि उनले एक रन दिए । पाँचौ र छैटौँ बल उनले डट राखे ।
त्यसपछि दोस्रो ओभरमा उनले १३ रन खर्चिए । टिमको १२ औँ तथा व्यक्तिगत दोस्रो ओभरको पहिलो बलमा एक रन दिएका उनले दोस्रो बलमा पनि एक रन खर्चिए । तेस्रो बलमा उनले चौका खान पुगे । उनलाई एलेक्स क्यारीले लेग साइडमा चौका प्रहार गरे । त्यसपछि चौथो बलमा सन्दीपको बलमा एलेक्सले छक्का प्रहार गरे । पाँचौ बलमा एक रन दिएका उनले अन्तिम बल डट फाले ।
सन्दीपले ब्यक्तिगत तेस्रो ओभरमा सात रन खर्चिए । टिमको १५ औँ ओभर लिएर आएका सन्दीपले पहिलो बल डट फालेपनि दोस्रो बलमा चौका खान पुगे । त्यसपछि तेस्रो बल डट फालेका उनले चौथो बलमा लेग बाइमा एक रन दिए । पाँचौ बलमा पनि एक रन खर्चिएका सन्दीपले अन्तिम बलमा एक रन दिए ।
सन्दीपले आज दुई विकेट लिएको खण्डमा टी २० मा एक सय विकेट पूरा गर्ने पहिलो नेपाली खेलाडी बन्ने थिए । तर उनले बलिङ कसिलो गरे पनि विकेट हात पार्न सकेनन् । टी २० मा सन्दीपले ७३ खेलमा ९८ विकेट पुर्याएका छन्। जसमा उनले राष्ट्रिय टिमबाट २८ विकेट लिएका छन भने बाँकी ७० विकेट आइसीसीबाट मान्यता प्राप्त अन्तर्राष्ट्रिय फ्रेन्चाइजी लिगमा लिएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।