एमसीसीका कारण नेकपा नफुटोस् : गंगालाल तुलाधार

 माघ १७, २०७६ शुक्रबार २०:२७:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य गंगालाल तुलाधारले एमसीसीका कारण पार्टी फुट्नसक्ने भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।

बिहीबार बसेकाे नेकपाकाे केन्द्रीय समिति बैठकमा एमसीसीबारे धारणा स्पष्ट पार्न माग गर्दै उहाँले पार्टी फुट्ने कारण एमसीसी बन्नसक्ने चिन्ता प्रकट गर्नुभएको हो । 

‘हिजो महाकालीको विषयले पार्टी फुटेको अवस्था छ । अहिले एमसीसीको विषयले पनि नेकपालाई त्यही ठाउँमा लैजान्छ कि भन्ने आशंका भएका छन् । त्यसैले एमसीसी के हो? भन्ने कुरामा स्पष्ट हुनुनपर्छ भन्ने कुरा आएका छन्’, उहाँले भन्नुभयो ।

बैठकमा विभिन्न १५ वटा समूह बनाएर समूहगत छलफल चलाइएको थियो । समूहहरुको छलफलमा एमसीसीका विषयमा तल्लो तहसम्मका कार्यकर्ताहरुले बुझ्नेगरी पार्टीको आधिकारीक धारणा माग गरिएको हो । तुलाधरले विज्ञ समूह नै बनाएर एमसीसीका विषयमा राम्ररी अध्ययन गर्नुपर्ने माग समूहगत बैठकमा उठेको बताउनुभयो । 

पार्टीभित्र एमसीसीका विषयमा धारणा राख्दै नेताहरुले महाकाली सन्धिपछिको अवस्था आउन नदिन शीर्ष नेताहरुलाई चेतावनी समेत दिएका छन् । पार्टीले उपयुक्त समयमा एमसीसीको विषयमा प्रष्ट गर्न नसक्दा समस्या उत्पन्न भएको निष्कर्षसहित केही सदस्यहरुले अध्ययन समूह बनाएर जानुपर्ने धारणा राखेको उहाँले बताउनुभयो । 

अर्का केन्द्रीय सदस्य सुरेश कुमार राईले सबै समूहमा एमसीसीका विषयमा तीन प्रकारका धारणा आएको बताउनुभएको छ । यस्तै केन्द्रीय सदस्य शिवनारायण यादवले पार्टीको आन्तरिक जीवनलाई सुदृढ गर्नुपर्ने धारणा विशेषगरी आएको उहाँले बताउनुभयो । 

एमसीसीको विषयमा दुईथरी कुरा आएको बताउनुहुँदै उहाँले भन्नुभयो, ‘एउटा विपन्न राष्ट्रलाई अमेरिकाले दिने सहयोग भनेर प्रचार प्रसारमा आएको छ । यो विषयमा पार्टीले उच्च स्तरीय समूह बनाएर वास्तविक कुरा ल्याउनुपर्छ । जनताको हितमा छ भने सहयोग स्वीकार गर्नुपर्ने तर राष्ट्रलाई अहित गर्छ भने लिनुहुन्न भन्ने कुरा आएको छ’, उहाँले भन्नुभयो ।

यसैगरी रेखा शर्माले दलसम्बन्धी बनेका कानूनहरु राम्ररी कार्यान्वयन हुनुपर्ने र माथिदेखि तलसम्म अध्यक्ष र उपाध्यक्ष राखेर एकजना महिलाको हुनुपर्ने धारणा आएको उहाँले बताउनुभयो ।

त्यस्तै पार्टीका हरेक तहमा एक तिहाई महिलाको सहभागिता सुनिश्चित गर्नुपर्ने धारणा पनि आएको उहाँले व्यक्त गर्नुभयो ।

अन्तिम अपडेट: माघ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया