युगान्डालाई हराउँदै नेपालकाे महिला टोली खो–खो विश्वकपको फाइ...
माघ ५, २०८१ शनिबार
काठमाण्डाै - नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेताहरुले पार्टी, सरकार र नेतृत्वको खुलेर आलोचना गरेका छन् ।
विभिन्न समूहले आफ्नो प्रतिवेदन पेश गर्ने क्रममा पार्टी, सरकार र नेतृत्वबीचको तालमेलन मिल्न नसकेको भन्दै आलोचना गरेका हुन् । एमसीसीबारे पार्टीले समान धारणा बनाउनुपर्ने भन्दै नेताहरुले यसबारे टुँगो लगाउन विज्ञ र पार्टी नेतासहितको आयोग गठन गर्नुपर्ने माग गरेका छन् । यस्तै नेताहरुले सरकारी जग्गा विवादमा पर्न थालेको भन्दै त्यसका लागि पनि आयोग बनाउनुपर्ने बताएका छन् ।
समूहहरुले कालापानीका सम्बन्धमा लिम्पियाधुरा देखिनेगरी नेपालको नक्सा प्रकाशन गर्न र भारतीय सेना त्यहाँबाट हटाउन र यस मामिलालाई पाठ्यक्रममा समावेश गर्नसमेत माग गरेका छन् ।
यसैबीच नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले १० बुँदे फरक मत राख्नुभएको छ । आजको बैठकमा उहाँले १० बुँदे फरक मत राख्नुहुँदै एमसीसी परियोजना संशाेधन गर्नुपर्ने बताउनुभएको हो ।
धारा ७ को दफा ७।१ मा ‘प्रस्तुत सम्झौता र नेपालको कानून बाझिएमा प्रस्तुत सम्झौता लागू हुनेछ’ भन्ने वाक्य हटाई ‘प्रस्तुत सम्झौता र नेपालको कानून बाझिएमा त्यसबारे पक्षहरुले वार्ताद्वारा सार्वभौम समानताको सिद्धान्त अनुरुप न्यायसँगत र उचित निर्णय लिनेछन’ भन्ने राख्नुपर्ने उहाँको भनाइ छ ।
काठमाण्डौको राष्ट्रियसभागृहमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्डको राजनीतिक प्रतिवेदन र महासचिव विष्णुप्रसाद पौडेलको साङ्गठनिक प्रतिवेदन तथा विधान संशोधन प्रस्तावमाथि समूहले सुझाव प्रस्तुत गरेका हुन् ।
बैठकमा समूहका तर्फबाट खिमलाल भट्टराई, जगन्नाथ खतिवडा, ठाकुर गैरे, पूर्णकुमारी सुवेदी, रेणु दाहाल लगाएतले प्रतिवेदन पेश गरेका थिए । धारणा तथा गर्न भन्दै केन्द्रिय सदस्यलाई विभिन्न १५ समूहमा विभाजन गरिएको थियो । प्रतिवेदन राख्ने क्रम सकिए पछि आइतबार पार्टी नेतृत्वले जवाफ दिने कार्यतालिका छ । नेकपाको दोस्रो केन्द्रीय कमिटी बैठक बुधबारदेखि सुरु भएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।