नेपालको पहिलो बैंक : नेपाल बैंक लिमिटेड आजदेखि ८८ औँ वर्षम...
कात्तिक ३०, २०८१ शुक्रबार
काठमाण्डाै - चीनले कोरोना भाइरसको संक्रमण सुरु भएको वुहानमा बनाएको नयाँ अस्पतालको आज उद्घाटन गर्दैैछ । कोरोना संक्रमितहरुको उपचारको लागि आठ दिनमा बनाइएको एक हजार शैयाको अस्पताल आज उद्घाटन हुने बीबीसीले जनाएको छ ।
बिरामीको उपचारका लागि सुबिधा सम्पन्न रहेको अस्पतालमा चिनियाँ सैनिकका १४ सय स्वास्थ्यकर्मीहरु खटिने छन् । उनीहरु यसअघि पनि कोरोना भाइरस संक्रमितहरुको उपचारमा संलग्न रहेको बीबीसीले जनाएको छ ।
यस्तै चीनले १० हजार शैयाको अर्को अस्पताल पनि बनाइरहेको छ । दोश्रो अस्पताल पनि बुधबार बनिसक्ने र नयाँ अस्पतालमा सेवा सुरु भएपछि कोरोना संक्रमितहरुको उपचारका लागि पर्याप्त हुने राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता जियाओ याहुइले बताएका बीबीसीले जनाएको छ ।
कोरोना भाइरसको कारण चीनमा मात्रै ३ सयभन्दा धेरैको ज्यान गैसकेको छ भने चीन बाहिर हिजो फिलिपिन्समा एक जनाको ज्यान गएको थियो । चीनमा मात्रै १४ हजारभन्दा धेरैमा संक्रमण भएको छ भने चीन बाहिरका विभिन्न २४ देशमा १ सय ५० भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।