च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
स्पेनिस क्लब बार्सिलोनामा अहिले आन्तरिक कलाह सुरु भएको छ । क्लबका स्पोर्टिङ डाइरेक्टर अबिडाल र कप्तान मेस्सीबीच यतिबेला मनमुटाव भएका कारण कलाह सुरु भएको बताइएको छ ।
पूर्व प्रशिक्षक भाल्भर्डेको प्रशिक्षणमा कोही खेलाडीले मिहेनत नगरेको अबिडालको भनाइप्रति कडा उतर दिँदै मेस्सीले खेलाडीको नाम तोक्न अबिडाललाई चुनौती दिएसँगै बार्सिलोनामा तनाव सुरु भएको हाे । यससँगै मेस्सीले नोउ क्याम्प छाड्ने कुराहरु पनि सुनिएका छन् भने म्यानचेस्टर सिटीले मेस्सीलाई अनुबन्धित गर्न चाहेको समाचारहरु पनि बाहिरिएका छन् ।
यस्तैमा म्यानचेस्टर सिटीका वर्तमान तथा बार्सिलोनाका पूर्व प्रशिक्षक पेप ग्वार्डिओलाले भने मेस्सीले बार्सिलोना छाडेमा बार्सिलोना रियल मड्रिडजस्तै बन्ने बताएका छन् । रियल मड्रिडका स्टार क्रिस्टियानो रोनाल्डोले २०१८ मा क्लब छाडेसँगै रियलमा गोलको खडेरी लागेको बताउँदै उनले मेस्सीबिनाको बार्सिलोना रोनाल्डोबिनाको रियल मड्रिड बन्ने बताएका हुन् ।
‘मेस्सीले बार्सिलोना छाडेमा बार्सिलोनालाई निकै घाटा हुनेछ किनकि बार्सिलोनाका लागि मेस्सी एक्लैले सर्वाधिक गोल गर्दै आएका छन्’, ग्वार्डिओलाले भने ।
ग्वार्डिओला केही समयअघि बार्सिलोनाका प्रशिक्षक रहेका थिए र उक्त समय मेस्सी र उनीबLच घनिष्ट सम्बन्ध रहेको बताइएको थियो । ग्वार्डिओलाले बार्सिलोना पछि बायर्न म्युनिख र सिटीमा प्रशिक्षकको जिम्मेवारी सम्हालेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।