च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डौ – यसै महिना थाइल्याण्डमा आयोजना हुने एसीसी इस्टर्न रिजन मेन्स टी-२० कप क्रिकेट पछि सर्ने सम्भावना रहेको छ ।
चीनमा देखिएको कोरोना भाइरसको प्रकोपका कारण फेब्रुअरी २९ तारिखदेखि गर्ने तयारी भएको प्रतियोगिता पर सर्ने सम्भावना रहेको जनाइएको छ । यसअघि तय भएको मिति अनुसार फ्रेब्रुअरी २९ देखि मार्च ६ सम्म प्रतियोगिताको तालिका थियो ।
प्रतियोगितामा नेपाल रहेको समूह ए मा थाइल्याण्ड, मलेसिया र चीन रहेका छन् । समूह बी मा हङकङ, सिंगापुर, भुटान र म्यानमार रहेका छन । प्रतियोगिताका लागि नेपाल क्रिकेट संघले १८ खेलाडीको नामावली सार्वजनिक गरिसकेको छ । जसमा शेर मल्ल पहिलो पटक सिनियर टिमको १८ खेलाडीको सूचीमा परेका छन् भने भुवन कार्कीले कमब्याक गरेका छन् ।
यसपटक अनुभवी खेलाडी शरद भेषावकर र बसन्त रेग्मी टिममा परेका छैनन् । यही सूचीबाट क्यानले १४ खेलाडी छनोट गर्नेछ । सोमपाल कामी त्यति बेलासम्म पनि ठिक नहुने भएकाले टिममा राखिएको छैन । उनी भिटामिन डी को कमिका कारण हाल पूर्ण रूपमा फिट छैनन् ।
नेपाली टिम ज्ञानेन्द्र मल्ल (कप्तान), पारस खड्का, दिपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, सन्दिप लामिछाने, करण केसी, अभिनाश बोहोरा, पवन सराफ, कुशल मल्ल, सन्दिप जोरा, भुवन कार्की, सुसन भारी, किशोर महतो, लोकश बम, शेर मल्ल, कमलसिंह ऐरी, रोहित पौडेल रहेका छन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।