नेपालको पहिलो बैंक : नेपाल बैंक लिमिटेड आजदेखि ८८ औँ वर्षम...
कात्तिक ३०, २०८१ शुक्रबार
काठमाण्डाै - कोरोना भाइरस फैलिरहेको चीनको वुहानमा रहेका विद्यार्थीलाई नेपाल फर्काउन अभिभावकले माग गरेका छन् ।
शुक्रबार गृहमन्त्री रामबहादुर थापा र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेटेर अभिभावकहरुले छिट्टै नेपाल फर्काउन माग गरेका हुन् । वुहानमा रहेका विद्यार्थीलाई फर्काउन सरकारले चासो नदिएको अभिभावकले गुनासो गरेका छन् ।
जवाफमा परराष्ट्रमन्त्री ज्ञवाललीले नेपाल फर्काउने तयारी भइरहेको र हतारमा कुनै पनि काम गर्न नहुने बताउनुभयो । उहाँले त्यहाँ रहेका नेपालीलाई फर्काउन ढिला भएको स्वीकार गर्दै अब छिट्टै फर्काउने आश्वासन दिएका अभिभावक विमला श्रेष्ठले जानकारी दिनुभयो ।
आफूहरसँगको भेटमा मन्त्री ज्ञवालले विद्यार्थीलाई फर्काउने मिति तोक्न दबाब नदिन पनि बताएका श्रेष्ठले बताउनुभयो । यस अघि अभिभावकले वुहानमा रहेका विद्यार्थी छिटो फर्काउन माग गर्दै हिजो स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।