च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डौ - नेपाल पुलिस क्लब र थ्री स्टार क्लबले शहिद स्मारक ‘ए’ डिभिजन लिगमा शुक्रबार जित निकालेका छन् । ललितपुरमा रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) मैदानमा भएको खेलमा थ्री स्टारले संकटा क्लबमाथि जित निकालेको हो ।
जितसँगै थ्री स्टार क्लब अङ्क तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएको खेलको ६१ औँ मिनेटमा अनन्त तामाङले निर्णायक गोल गरे ।
यसअघि १२ औंँ मिनेटमा थ्री स्टारका सन्जोग राईले पेनाल्टी एरियाभित्रबाट हेडरमार्फत गरेको प्रयास असफल भएको थियो । जितसँगै थ्री स्टारले ११ खेलबाट २० अङ्क जोडेको छ । समान खेलबाट १५ अङ्क जोडेको सङ्कटा छैटाैँ स्थानमा छ ।
शुक्रबार नै भएको अर्को खेलमा पुलिसले भरत शाहको गोलमा ब्रिगेड ब्वाइजमाथि १-० को जित निकालेको छ । शीर्ष पाँचमा उक्लिने क्रममा २९औं मिनेटमा भरतले गरेको गोल नै पुलिसले जारी लिगमा पाँचौ जित निकाल्न सफल भएको हो ।
निकै प्रतिस्पर्धात्मक खेलमा नीर कुमार राईले कर्नरमार्फत गरेको क्रसलाई भरतले हेडरमार्फत गोल गरेका थिए । पहिलो हाफमा लिएको अग्रतालाई पुलिसले दोस्रो हाफममा पनि कायम राख्दै तीन अंक जोड्न सफल भएको हो ।
जितसँगै ११ खेलमा १७ अङ्क जोडेको नेपाल पुलिस क्लब तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । समान खेलबाट ८ अंक जोडेको ब्रिगेड ब्वाइज क्लब तालिकाको ११औँ स्थानमा छ ।
शीर्ष स्थानको त्रिभुवन आर्मी क्लबको ११ खेलबाट २६ तथा दोस्रो स्थानको मछिन्द्र क्लबको सामान खेलबाट २५ अङ्क छ । एक खेल कम खेलेको मनाङ मस्र्याङ्दी क्लबको १९ अङ्क छ । लिगमा शनिबार तीन खेल हुनेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।