च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै - नेपाली बलर सुशन भारीले अमेरिकाकाे छैटाैँ विकेट लिएका छन् ।
उनले १७ औँ ओभरकाे चाैथाे बलमा अमेरिकाका गाेरलाई आउट गरेका हुन् । उनी बाहेक सन्दीप लामिछाने र करण केसीले पनि व्यक्तिगत दुई-दुई विकेट लिँदै अमेरिकालाई दबाबमा राखेका छन् ।
अमेरिकाले १६।४ ओभरमा ५० रन बनाउँदा ६ विकेट गुमाएको हाे । १९१ रनको लक्ष्य पछ्याएको अमेरिकालाई पहिलो झड्का दिन नेपालका सन्दीप लामिछाने सफल भए । दोस्रो ओभरमै स्पिन बलिङ लिएर आएका सन्दीपले अमेरिकाको ६ रन हुँदा पहिलो सफलता दिलाएका हुन् ।
अमेरिकाका आरोन जोन्सलाई सन्दीपले एलबीडब्ल्यूको धरापमा पारेका थिए । जोन्स ५ रन बनाएर आउट भए । अर्को ओभरमा करण केसीले नेपाललाई दोस्रो सफलता दिलाए । करणले स्टेभन टेलरलाई आउट गरेका हुन् । टेलरले खाता खोल्न सकेनन् ।
नेपाललाई चौथो सफलता सन्दीपले दिलाए । व्यक्तिगत दोस्रो विकेट हात पार्ने क्रममा सन्दीपले मोनाक पटेललाई एलबीडव्ल्यूको धरापमा पारेका हुन् । ४ ओभरमा १३ रन बनाउँदा अमेरिकाले ४ विकेट गुमाएको अमेरिकाले पाँचौं विकेट २७ रनको स्कोरमा गुमायो ।
अमेरिकाका अक्ष होमराजलाई सुशन भारीले आउट गरे । होमराज ५ रन बनाएर आउट भएका हुन् । छैटौं सफलता पनि नेपाललाई सुसन भारीले नै दिलाए । १० रन बनाएर खेलिरहेका करिमा गोरलाई सुशनले पारस खडेकाको हातबाट आउट गराए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।