च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
ग्रानाडालाई पराजित गर्दै एट्लेटिको मड्रिड स्पेनिस ला लिगाको चौथो स्थानमा उक्लिएको छ ।
अघिल्लो सिजनको तुलनामा कमजोर देखिएको एट्लेटिको मड्रिडले यो सिजन सन्तोषजनक प्रदर्शन गर्न सकेको छैन । मड्रिडमा भएको खेलमा एटेलेटिकोले ग्रानाडालाई १–० ले हरायो ।
एट्लेटिकोको जितमा एन्जल कोरियाले निर्णायक गोल गरे । खेलको छैटौं मिनेटमा नै कोरियाले कोकेको पासमा गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए ।
खेलमा अधिकांश बल पोसेसन आफ्नो पक्षमा राखेपनि ग्रानाडाले गोल भने गर्न सकेन । जितसँगै एट्लेटिकोले ३९ अंक बनाएको छ ।
ग्रानाडा भने ३० अंकसहित दशौं स्थानमा छ ।
भ्यालेन्सियालाई ३–० ले हराउँदै गेटाफे तेस्रो स्थानमा उक्लिएको छ । गेटाफेको जितमा जर्ज मोलिनाले दुई गोल गरे । पहिलो हाफ गोलरहित बनेको खेलको ५८औं मिनेटमा मोलिनाले रिबाउण्ड बललाई गोलमा परिणत गरे भने ६७औँ मिनेटमा एक्लो प्रयासमा गोल गरेका थिए ।
८७औं मिनेटमा माटाले गोल गर्दै गेटाफेलाई जित दिलाए । यो जितसँगै गेटाफले च्याम्पियन्स लिगको सम्भावना बलियो बनाएको छ । गेटाफले ४२ अंक बनाउँदै तेस्रो स्थानमा छ । ला लिगामा दोस्रो स्थानको बार्सिलोनाको ४६ अंक छ भने ४९ अंक सहित रियल शीर्षमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।