इटालियन सिरि-ए : भेरोनाले युभेण्टसलाई दुई-एकले हरायाे

 माघ २६, २०७६ आइतबार ८:०:८ | उज्यालो सहकर्मी
unn.prixa.net

इटालियन सिरि-ए मा युभेन्टसले पराजय भोगेको छ । इटालियन शीर्ष डिभिजनमा क्रिष्टियानो रोनाल्डोले लगातार दश खेलमा गोल गर्ने कीर्तिमान कायम गरे पनि हेल्लास भेरोनाले युभेन्टसलाई दुई-एकले पराजित गर्‍याे।

दोस्रो हाफमा युभेन्टसले लिएको एक गोलको अग्रता उल्टाउँदै भेरोनाले जित हात पार्‍यो । भेरोनालाई जित दिलाउनका लागि जियामपाओलो पिजिनीले पेनाल्टीमार्फत गोल गर्दा युभेन्टस पराजित भयो ।

भेरोनाको मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बनेको थियो । अघिल्लो सिजनमात्र शीर्ष डिभिजनमा उक्लिएको भेरोनाले प्रभावशाली खेल प्रदर्शन गरेको थियो । पहिलो हाफमै भेरोनाले खेलमा अग्रता लिने मौका गुमाएको थियो । डेभिड फाराओनीको प्रहार गोलकिपरले बचाएका थिए । २३औँ मिनेटमा मिगेल भेलोसोको फ्रिकिक गोललाई भने भीएआरले मान्यता दिएन ।

पहिलो हाफमा रोनाल्डोले पनि गोल गर्ने मौका पाएका थिए । तर, उनको प्रहार पोस्टमा लागेको थियो । ६५औँ मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए ।

बुधबारमात्र ३५ वर्षका भएका रोनाल्डोले सिरिएमा २० खेलमा गोल संख्या २० पुर्‍याएका छन् । त्यसमध्ये १५ गोल पछिल्लो १० खेलमा भएको हो ।

रोनाल्डोले लगातार १० खेलमा गोल गर्ने कीर्तिमान पनि बनाएका छन् । ७६औँ मिनेटमा भेरोनाले खेल बराबरीमा ल्यायो । मिरालेम पानिकले डिफेन्समा गरेको गम्भीर गल्तीको फाइदा उठाउँदै फावियो बोरिनीले गोल गरे । 

खेल सकिन चार मिनेट बाँकी रहँदा भेरोनाले पेनाल्टी पायो । भीएआरले दिएको सो पेनाल्टीलाई पाजिनीले गोलमा परिणत गर्दै भेरोनालाई जित दिलाए ।
जितसँगै भेरोना सिरिएको छैटौं स्थानमा उक्लिएको छ । उसले २३ खेलबाट ३४ अंक बनाएको छ । युभेन्टसले भने लिगमा ६ अंकको अग्रता लिने मौका गुमाएको छ । 
युभेन्टस ५४ अंक सहित शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको इन्टरमिनले एक खेल कम खेलेको छ । आज हुने मिलान डर्बीमा जित निकालेको खण्डमा इन्टरमिलान शीर्ष स्थानमा उक्लिनेछ ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया