पालिकामा जनप्रतिनिधि छान्न छुट्टाछुट्टै मतपत्रको प्रयोग गर्न निर्...
माघ ५, २०८१ शनिबार
काठमाण्डौ – क्यानडा सिनेटका सभामुख जर्ज जे फ्युरी नेतृत्वको संसदीय प्रतिनिधमण्डल नेपाल भ्रमणका लागि साेमबार काठमाण्डौ आइपुगेकाे छ । बिहान साढे ९ बजे त्रिभुवन विमानस्थलमा आइपुग्नु भएका सभामुख फ्युरीले बिहान साढे ११ बजे राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सँग भेट गर्ने कार्यक्रम छ ।
उहाँले दिउँसो २ बजे राष्ट्रियसभा बैठक अवलोकन गर्नुहुनेछ भने दिउँसो २ बजेर २० मिनेटमा नेपाल क्यानडा संसदीय मैत्री समूहसँग भेट गर्ने कार्यसूची छ ।
मङ्गबार भोली बिहान प्रधानमन्त्री केपी शर्मा ओली परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली शिक्षामन्त्री गिरिराजमणि पोखरेलसँग भेट गर्ने कार्यक्रम छ भने दिउँसो १२ बजेपछि पाटन सँग्रहालयको भ्रमण गरि दिउँसो साढे २ बजे स्वदेश फर्किने राष्ट्रियसभा सचिवालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।