नयाँ प्रहरी महानिरीक्षक नियुक्ति गर्न मन्त्रिपरिषद् बैठक बस्दै

 माघ २७, २०७६ सोमबार ११:५४:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो १ बजे बस्नेगरी मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । बैठकले नयाँ प्रहरी महानिरीक्षकको बारेमा निर्णय गर्ने सम्भावना छ ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ३० वर्षे सेवा हदका कारण भोलिदेखि अवकास पाउने भएपछि नेपाल प्रहरीको प्रमुख पद भोलिदेखि रिक्त हुँदैछ । यस पटक पनि डीआइजीहरुबाटै नयाँ प्रहरी महानिरीक्षक बनाउनुपर्ने भएको छ ।

कार्यसम्पादन, वरिष्ठतालगायतका आधारमा डिआइजीहरु ठाकुर ज्ञवाली, तारणीप्रसाद लम्साल र सूर्यप्रसाद उपाध्यायमध्ये एक जनालाई प्रहरी महानिरीक्षक बनाउने सम्भावना छ । 
 

अन्तिम अपडेट: माघ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया