पालिकामा जनप्रतिनिधि छान्न छुट्टाछुट्टै मतपत्रको प्रयोग गर्न निर्...
माघ ५, २०८१ शनिबार
काठमाण्डाै – नेपाली काङ्ग्रेसले उपसभापति विजयकुमार गच्छदारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको मुद्दामाथि राजनीतिक र कानुनी रुपमा सामना गर्ने भएको छ ।
नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको सोमबार बसेको बैठकमा उपसभापति गच्छदारलाई लागेको मुद्दामाथि राजनीतिक र कानुनी दुवै ढङ्गले सामना गर्ने विषयमा छलफल भएको काङ्ग्रेस प्रवक्ता विश्वप्रकास शर्माले जानकारी दिनुभयो ।
उहाँले बलुवाटारकाे ललिता निवासको जग्गा प्रकरणमा अख्तियार सरकारको छायाँ बनेको काङ्ग्रेसले निष्कर्ष निकालेकाे बताउनुभयो । उहाँले भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार मन्त्रिपरिषदबाट भएको नीतिगत निर्णयमा मन्त्रीलाई तान्न नमिल्ने भएकाले काङ्ग्रेसले राजनीतिक रुपमा समेत सामना गर्ने बताउनुभयो ।
उहाँले संसद्का सन्दर्भमा नेपाली काङ्ग्रेस संसदीय दलले नै निर्णय लिने र यसमा बैठकले कुनै निर्देशन नदिएको समेत बताउनुभयो । प्रवक्ता शर्माले संसदीय दलले आवश्यकताअनुसार मङ्गलबार निर्णय गर्ने समेत जानकारी दिनुभयो ।
त्यस्तै बैठकले फागुन ३ गते सरकार गठन भएको दुई वर्ष पूरा हुने र यो अवधिमा सरकारले जनविरोधी विधेयकहरु ल्याएको, प्रतिशोधपूर्ण व्यवहार गरेको, शान्ति सुरक्षाको स्थिति खस्केको र भ्रष्टाचारका विषयलाई कारबाही गर्ने नाउँमा उन्मुक्ति दिँदै संस्थागत ढङ्गले संरक्षण गरेको निष्कर्ष निकालेको प्रवक्ता शर्माले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।