‘तिमी’ भनेकोमा प्रधानमन्त्रीको चित्त दुखाइ, साेध्नुहुन्छ- तपाईँ भन्न आउँदैन ?

 माघ २८, २०७६ मंगलबार १६:३६:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सञ्चारमाध्यमहरुले समाचारमा गर्ने सम्बोधनप्रति असन्तुष्टि जनाउनुभएको छ । मंगलबार गृहमन्त्रालयमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले सञ्चारमाध्यमहरुले तपाईँ नभनी तिमी भन्ने गरेकामा असन्तुष्टि जनाउनुभएको हो ।

सञ्चार माध्यमहरुले अंग्रेजीको सिको गरेर कसैलाई हजुरभन्दा आफू अपमानित भएको ठान्ने गरेको बताउनुभयो । नेपालको आफ्नो भाषा र भाषाको मर्म भएको उल्लेख गर्दै ओलीले सञ्चारमाध्यमहरु कसैलाई हजूरभन्दा सारै सानो ठान्ने गरेको बताउनुभयो ।

‘हाम्रो आफ्नो भाषा छ । भाषाको मर्म छ । हाम्रो भाषामा बोलाउँदा हजुर भन्ने गरिन्छ। सञ्चारमाध्यमहरुले हजुर भन्दाखेरी साह्रै सानो ठान्छन् । अंग्रेजीको कपि गरेर मिस्टर/मिस भनेर बोलाउन पाउँदा राम्रो लाग्छ । कसैलाई तपाईँ भन्नुपर्दा अचम्मको अपमान भएको जस्तो लाग्छ,’ उहाँले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले आदरार्थी शब्द र सम्मानयुक्त व्यवहार समाजबाटै हटाउने सुनियोजित प्रयास भएको आरोप समेत सञ्चारमाध्यमलाई लगाउनुभएको छ । 

ओलीले भन्नुभयो, ‘तपाईँ भन्ने शब्द आदरार्थी शब्द समाजबाटै हटाउने सुनियोजित प्रयास भएको छ । अंग्रेजीमा ‘यू’ भनेपछि पुग्छ । बीबीसीले पहिले सुरु गर्‍यो । हाम्रा हजुर बाले यसो भने, हजुर आमाले यसो भनिन् । भन्नुभयो भन्न आउँदैन ?’

उहाँले नेपाली सभ्यता र संस्कृतिमाथि सञ्चारमाध्यमहरुबाट निरन्तर हमला भएको समेत बताउनुभएको छ । लहैलहैमा लागेर सञ्चारमाध्यमहरुले विनम्रता र शालिनतामाथि हमला गरिरहेको आरोप लगाउँदै ओलीले भन्नुभयो, ‘त्यसलाई आफ्नो सुर्‍याइदँ ठानेका छन् ।’

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया