प्रधानमन्त्रीलाई देशभक्त गणतान्त्रिक मोर्चाको ज्ञापनपत्र : एमसीसी कार्यान्वयनमा नल्याउन संयोजक गजुरेलको आग्रह

 माघ २८, २०७६ मंगलबार १८:४६:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - देशभक्त गणतान्त्रिक मोर्चाले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कार्यान्वयनमा ल्याउन नहुने भन्दै ज्ञापन पत्र बुझाएको छ । 

मंगलबार प्रधानमन्त्री कार्यालयमा मोर्चाको टोली पुगेर उक्त ज्ञापन पत्र बुझाएको हो । मोर्चाका संयोजक सिपी गजुरेलले ज्ञापनपत्र बुझाएपछि पत्रकारहरुसँग कुरा गर्दै आफूहरुले एमसीसी कार्यान्वयन गर्न नहुने र भारतले नेपालको लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका स्थान कब्जा गरेकोतर्फ सरकारको ध्यानाकर्षण गराएको बताउनुभयो । 

उहाँले प्रधानमन्त्री ओलीले एमसीसी संसदबाट पास हुने र कार्यान्वयनमा ल्याउने तयारी भइरहेको जानकारी दिएकाे बताउनुभयो । त्यस्तै नेपालको लिम्पियाधुरा, कालापानी तथा लिपूलेक लगायतमा भारतले मिचेको भूमि फिर्ता गर्न सचिवस्तरबाट वार्ता गर्ने तयारी भइरहेको प्रधानमन्त्री ओलीले बताउनुभएको संयोजक सिपी गजुरेलले बताउनुुभयो ।

संयोजक गजुरेलले एमसीसी कार्यान्वयनमा आए नेपालमा अमेरिकी सेनाको प्रवेश हुने र नेपाललाई अफगानिस्तान, इराक र सिरिया बनाउने सम्भावना रहेको बताउनुभयो । उहाँले ५५ अर्ब पाउने लोभमा नेपालको स्वतन्त्रतामाथि आँच पुग्ने काम सरकारले गर्न लागेको बताउनुभयो । 

त्यस्तै उहाँले सरकारले नेपालको नयाँ नक्सा जारी गर्न नसकेको तथा आफ्नो जमिनमा अधिकार स्थापित गर्न सरकारले नै चासो नदेखाएको आरोप समेत लगाउनुभयो । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया