नेपालको पहिलो बैंक : नेपाल बैंक लिमिटेड आजदेखि ८८ औँ वर्षम...
कात्तिक ३०, २०८१ शुक्रबार
काठमाण्डाै - नोबल कोरोना भाइरसविरुद्धको संघर्षमा लडिरहेको चीनलाई साथ दिन बुधबार काठमाण्डौमा ‘हामी साथमा छौँ’ कार्यक्रम आयोजना गरिएको छ ।
ट्रान्स हिमालय विकास केन्द्र र फ्रेण्ड्स अफ सिल्क रोडले आयोजना गरेको कार्यक्रममा नेपाल र चीनको झण्डा बनाइ मैनबत्ती बालेर ‘हामी साथमा छौँ’ भन्ने सन्देश दिइएको थियो । त्यस्तै सांगीतिक र साहित्यिक माध्यमबाट चीनलाई साथमा छौँ भन्ने सन्देश दिइएको छ ।
चीन/नेपाल छिमेकी मात्र नभएर असल छिमेकी भएको र चीनले कोरोना भाइरसमाथि जित हासिल गर्ने छ विश्वास नेपालले गरेको र नेपाल सँधै चीनको साथमा छ भन्ने सन्देश दिन कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा चिनियाँ राजदूत होउ यान्छीले चीनले ब्यहोरिरहेको विपत्तिप्रति नेपालले देखाएको सद्भावको सराहना गर्नुभयो ।
उहाँले चीन सरकारले कोरोना भाइरसको नियन्त्रण गर्न महत्वपूर्ण कदम चालेकोले महामारीलाई रोकथाम गर्न सफल हुने बताउनुभयो । कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले चीनमा फैलिएको नोबल कोरोना भाइरस नियन्त्रणमा चीनले प्राप्त गरेको सफलताको सकारात्मक सन्देश प्रवाह गर्न सहयोग गर्ने बताउनुभयो ।
उहाँले चीनले महामारीसँग लड्दै आएको र यसलाई छिट्टै जित्ने र त्यसका लागि हामी साथमा छौं भन्ने सन्देश दिन चाहेको बताउँदै नेपालमा भूकम्प आउँदा चीनले दिएको साथको स्मरण गर्दै नेपाल र चीनबीचको सम्बन्ध उच्च रहेको बताउनुभयो । यस बाहेक चीनमा रहेका नेपाली विद्यार्थीमा कुनै संक्रमण नरहेको भन्दै नेपाल ल्याउन सरकारले तयारी तीव्र बनाएको उहाँकाे भनाइ थियाे।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।