पालिकामा जनप्रतिनिधि छान्न छुट्टाछुट्टै मतपत्रको प्रयोग गर्न निर्...
माघ ५, २०८१ शनिबार
काठमाण्डौ - नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता झलनाथ खनालले जनतालाई आफ्ना हकअधिकारका विषयमा सु-सूचित गराउन सामुदायिक रेडियोले महत्वपूर्ण भूमिका निभाएको बताउनुभयो ।
नवौँ विश्व रेडियो दिवसको अवसरमा आयोजित कार्यक्रममा नेता खनालले रेडियोले सूचनाको हक, समानताको हक, लोकतान्त्रिक हकको सन्दर्भमा जनतालाई सु-सूचित गराएको बताउनुभयो ।
प्रेस स्वतन्त्रताको सुनिश्चितताका लागि आफूले निर्वाह गर्नुपर्ने भूमिकाका लागि प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । नेपाली कांग्रेसकी नेतृ पुष्पा भूसालले महिला, दलित जनजाति, पिछडिएका समुदायका अधिकार संविधानमा उल्लेख भए पनि व्यवहारमा लागू हुन नसकेको बताउनुभयो ।
संविधानले दिएका अधिकारहरुको स्थापनाका लागि सामुदायिक रेडियोहरुको भूमिका महत्वपूर्ण हुने उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।