पालिकामा जनप्रतिनिधि छान्न छुट्टाछुट्टै मतपत्रको प्रयोग गर्न निर्...
माघ ५, २०८१ शनिबार
काठमाण्डौ - समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जुनयुद्ध दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड ’ले दिएको अभिव्यक्ति आंशिक सत्य भएको बताउनुभएको छ ।
शुक्रबार संसद भवन बाहिर पत्रकारहरुसँगको कुराकानीमा डा. भट्टराईले तत्कालीन राजा ज्ञानेन्द्रले शाहले २०६२ माघमा घोषणा गरेको नगरपालिका निर्वाचन विथोल्नका स्व. गिरिजाप्रसाद कोइरालाले आग्रह गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सानो कुरालाई बढाइचढाइ गर्ने प्रचण्डकाे बानी छ । १२ बुँदे समझदारीको ड्राफ्ट गर्ने म पनि हुँ । उहाँहरुले शान्तिपूर्ण ढङ्गले र हामीले फौजी ढङ्गले प्रहार गर्ने सहमति भएको थियो । हामीले युद्धविराम भङ्ग गरेर जाने निर्णय गर्दा उहाँ (गिरिजा) ले ‘ठोक्नुपर्याे’ भनेर चाहिँ भन्नुभएको हो ।’
१२ बुँदे समझदारीमा नै कांग्रेस लगायतका सात दलले शान्तिपूर्ण आन्दोलन गर्ने र तत्कालिन माओवादी फौजि ढंगले अघि बढ्ने सहमति भएको उहाँले बताउनुभयो ।
‘लौन कारबाहीअगाडि बढाउनुपर्याे भनेर उहाँले भनेको हो म पनि साक्षी थिएँ । एक दुई पटक भनेको कुरालाई युद्धभरी भनेजस्तो गरी प्रस्तुत गर्नुभएन। नगरपालिका निर्वाचन बिथोल्न अलिअलि फौजी कारबाही बढाउनुपर्याे चाहिँ भन्नुभएको हो ।’
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला ज्युँदै हुँदा नभनेको कुरामा केही भन्न नसकिने बताउनुभयो । ‘खोई गिरिजा प्रसाद कोइराला जिउँदै हुँदा प्रचण्डले केही बोल्नुभएन। बितिसकेको व्यक्तिको बारेमा बोलेर हामी कसरी कमेन्ट गर्ने ?’, उहाँले भन्नुभयो ।
नेकपा अध्यक्ष दाहालले बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा भएको कार्यक्रममा जनयुद्धका बेला तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालासँग फोनमा कुराकानी भएको फैजी कारबाही बढाउन आग्रह गरेको बताउनुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।