पालिकामा जनप्रतिनिधि छान्न छुट्टाछुट्टै मतपत्रको प्रयोग गर्न निर्...
माघ ५, २०८१ शनिबार
काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार नागरिककाे अधिकार कुण्ठित गर्ने र नियन्त्रित शासन व्यवस्था चलाउने पक्षमा नरहेको बताउनुभएको छ ।
प्रतिनिधिसभाको बैठकलाई सम्बाेधन गर्दै प्रधानमन्त्री ओलीले चुनाव हुने बेलादेखि नै कम्युनिष्टको सरकार आएमा हाँस्न रुन नपाइने भन्दै हल्ला फैलाइए पनि त्यस्तो अवस्था नरहेको बताउनुभयो ।
लोकतन्त्र संकटमा परेको अभिव्यक्ति स्वतन्त्रता हनन भएको जस्ता कुरा गरेर सरकारविरुद्ध भ्रम फैलाउन खोजिए पनि खासमा अवस्था त्यस्तो नभएको उहाँको भनाई छ। गुठीसम्बन्धी विधेयक, मिडिया काउन्सिल र सूचना प्रविधि विधेयकमा रहेका केही कुरालाई लिएर सरकार निरंकुश बन्न खोजेको भन्ने तर्क गरिएकोमा आपत्ति जनाउँदै प्रधानमन्त्री ओलीले यी विधेयकमा संशोधन भइसकेकाले त्यस्तो विरोधको अर्थ नभएको विचार व्यक्त गर्नुभयाे।
अहिलेका राजनीतिक दल देशको लोकतन्त्रका लागि वर्षौँ लडेका दलहरु भएकाले नागरिक अधिकार र लोकतन्त्रको विरुद्ध हुनेगरी कुनै पनि काम हुन नसक्ने र अहिले निशेध वा निरंकुश प्रणालीको साशन व्यवस्था चलाउनुपर्ने अवस्था पनि नरहेको प्रधानमन्त्रीको भनाइ छ ।
अर्को चुनावसम्मा चुनावी घोषणापत्रमा उल्लेख भएका सवै कुरा पूरा गर्ने दावी गर्दे उहाँले बलियो जगमा उभिएकाले सरकारले सवै प्रतिबद्धता पूरा गर्ने उहाँले बताउनुभयो । संविधानको कार्यान्वयन, भौतिक संरचनाको वित्तीय व्यवस्थापन, कानुन र कर्मचारी व्यवस्थापन एकैसाथ गर्नुपर्ने र जनतामा रहेको तीव्र विकासको चाहनालाई एकैसाथ कार्यान्वयन गर्नुपर्ने चुनौतीकाबीच सरकारका दुई वर्ष आशालाग्दो रहेको र संविधानको स्वीकार्यतामा पनि कुनै समस्या नरहेको प्रधानमन्त्री ओलीको दावी छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।